अमेरिकी आलोचनापछि चीनबाट खतरा बढेको ताइवानको भनाइ

अमेरिकी आलोचनापछि चीनबाट खतरा बढेको ताइवानको भनाइ

ताइपेई : ताइवानकी राष्ट्रपति साइ इङ वेनले अमेरिकी राष्ट्रपतिको आलोचनापछि चीनले ताइवानमाथि झनै खतरा बढाएको बताएकी छन्। गतसाता राष्ट्रपति जो बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढेको वेनले बताएकी हुन्। 

गत साता राष्ट्रपति बाइडेनले चीनले ताइवान स्ट्रेटमाथि जबर्जस्ती कदम चालिरहेको भन्दै आलोचना गरेका थिए। यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले चीनविरुद्ध ताइवानको रक्षा गर्नेसमेत बाइडेनले बताएका थिए। 

बाइडेनको सो प्रतिक्रियापछि चीनले दैनिक ताइवानको लोकतन्त्रमाथि खतरा उत्पन्न गराइरहेको ताइवानका राष्ट्रपतिले सीएनएनसँग बताएकी छन्। ‘हामी चिनियाँ राष्ट्रपति सि जिङपिङसँग वार्ताका लागि खुला रह्यौ’ सीएनएनसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘तर चिनियाँ सेनाको बढ्दो गतिविधिपछि अमेरिकाले ताइवान स्ट्रेटको रक्षा गर्ने बताउँदा चीनले हाम्रो लोकतन्त्रमाथि दैनिक खतरा बढाइरहेको छ।’

ताइवानको टापुमा अमेरिकी सैन्य प्रशिक्षणको उपस्थिती रहेको समेत उनले प्रष्ट पारेकी छन्। साथै उनले ताइवानको समर्थनमा सहयोग गर्न जापान, अष्ट्रेलिया र दक्षिण कोरियालगायत लोकतान्त्रिक मुलुकसँग आह्वान गरेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.