चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक ?

चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक ?

 बेइजिङ : चीनमा अबदेखि अग्ला भवन निर्माण गर्न नपाइने भएको छ। करिब ३० लाखभन्दा कम जनसंख्या भएका साना शहरहरुमा चीनले अग्ला भवन निर्माणमा रोक लगाएको हो। 

चीनको भवन तथा ग्रामीण शहर विकास मन्त्रालय र आपतकालिन व्यवस्थापन मन्त्रालयले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। 

मापदण्डअनुसार चीनले कम जनसंख्या भएका साना शहरहरुमा १५० मिटरभन्दा अग्ला गगनचुम्बी भवन निर्माणमा रोक लगाएको हो। करिब ३० लाखभन्दा माथि जनसंख्या भएका शहरहरुमा भने २५० मिटरभन्दा अग्ला भवन निर्माणमा रोक लगाएको छ। 

चीनमा संसारका केहि अग्ला भवनहरु निर्मित भएपनि करिब ५ सय मिटरभन्दा अग्ला भवन निर्माण गर्न नपाइने प्रावधान छ। यद्यपि, करिब ६३२ मिटर अग्लो साङ्घाई टावर र ५९९ मिटर अग्लो पिङ आन फाइनान्स सेन्टर चीनमा निर्माण भएका छन्।   

स्थानीय मिडियाकाअनुसार साङ्घाई र सेनेजेङ ठूलो शहरहरुमा गगनचुम्बी भवनहरु आवश्यक भएकोले त्यहाँ अग्ला भवनहरु निर्माण भएका छन्। साना शहरहरुमा निर्माता कम्पनी र मालिकले आफ्नो लक्ष्य र मूल्य प्राप्त गर्न नसक्ने भएकोले सरकारले अग्ला भवन निर्माणमा रोक लगाएको हो। यसअघि यस वर्षको सुरुवातमा चीनले ‘खराब आर्किटेक्चर’भएका भवनहरु निर्माणमा रोक लगाएको थियो। 
- बीबीसीबाट


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.