सूर्यमा ग्रहण लागिसक्यो, अब कलम लिएर उठ्छौं : नेपाल

सूर्यमा ग्रहण लागिसक्यो, अब कलम लिएर उठ्छौं : नेपाल

धनगढी : नेपाल कम्युनिस्‍ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन नभएर नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ विद्रोह भएको बताएका छन्। बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

उनले केपी ओलीले आफ्ना सबै सपना उडाएको आरोप लगाए। ‘कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमाले र अनी नेकपा बनाइयो, तर अहिले उडायो सबै हुरीले भनेझैं ओलीले सबैको धुलोपिठो पारे, उनले पार्टीलाई पनि भताभुंग पारे, एकताबद्ध भएको नेकपालाई पनि टुक्राउने काम गरे। नेकपा एमाले जस्तो पार्टी जसको संस्थापक नेता हामी, हामीलाई पनि पार्टीबाट गलहत्याएर निकालिदिए र पार्टीलाई गलत बाटोमा लगेर गए,' अध्यक्ष नेपालले भने।

तस्बिर : शिवराज भट्ट

उनले केपी ओली व्यक्तिवादमा चल्न थालेकाले पार्टी विभाजनको विकल्प नरहेको बताए। ‘ओली गुटबादमा चल्न थाले, व्यक्तिवादमा चल्न थाले, दक्षिणपन्थी भासमा पुगाए, 'नेता नेपालले भने। उनले, केपी ओलीको निरंकुशताकाविरुद्ध नयाँ विद्रोह भएको बताए। पत्रकार सम्मेलन अवधिभर ओलीप्रति निकै आक्रोसित देखिएका नेता नेपालले अहिले प्रधानन्यायाधीश र न्यायालयका बारेमा चलिरहेको बहसका नायक पनि ओली रहेको आरोप लगाए। ‘ओलीले आफूलाई मन नपरेका प्रधानन्यायाधीश, न्यायाधीश सबैलाई निसाना बनाइरहेका छन्, आफूअनुकूल नचल्नेलाई उनले यस्तो गर्नु पुरानै बानी हो,' नेता नेपालले भने।

उनले न्यायालयलाई कसैले पनि विवादमा तान्न नहुने बताए। ‘प्रधानन्यायाधीश र न्यायालयका बारेमा अहिले नेकपा (एस) ले कुनै छलफल नै गरेको छैन,' नेता नेपालले भने। उनी कञ्चनपुरमा पार्टीको कार्यालय उद्घाटन र कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका हुन्।

बुधबार मात्रै नेकपा एसले कलम चुनाव चिन्ह पाएको बताउँदै नेता नेपालले सूर्य चिन्हमा अब ग्रहण लागिसकेको बताए। ‘सूर्यमा ग्रहण लागिसक्यो, अब कलम लिएर उठन आह्वान गर्दछु,' उनले भने।  लामो समय नेता नेपालको पक्षमा रहेका उपाध्यक्ष भीम रावलले पनि साथ किन छोडे भन्ने प्रश्नको जवाफमा नेता नेपालले, त्यो प्रश्न उनैलाई सोध्न भने। उनले सुदूरपश्चिमबाट नागरिक उड्डयन तथा पर्यटनमन्त्री भएका प्रेम आलेमगरको भने खुलेर प्रशंसा गरे। आलेसहित ७ सांसद नेकपा एसमा गएका थिए।

पार्टी विभाजनपछि पहिलो पटक सुदूरपश्चिम आएका नेता नेपालको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका अधिकांश मन्त्रीहरु विमानस्थल पुगेका थिए। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको नेतृत्व भएपनि ठूलो दल भएका कारण नेकपा एस निकट मन्त्री संख्या बढी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.