बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

हेटौंडा : नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका गरी कुल ५९ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनैपनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने प्रावधान छ । पाण्डेले मुख्यमन्त्री नियुक्तिलगत्तै पद तथा गोपनीयताको सपथ लिएका छन् । 

गत भदौ २५ गते नेकपा एमाले विभाजनपछि भदौ २७ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध १३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई दिएको समर्थन फिर्ता लिएको थियो । विश्वासको मत लिनैपर्ने कानुनी प्रावधानअनुसार अघि बढेकी शाक्यले अन्ततः विश्वाको मत नलिइ कात्तिक १० गते राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बनेका हुन् । 

धादिङ क्षेत्र १ ९क० मा एमालेबाट निर्वाचित पाण्डे २०१३ साल जेठ २९ मा धादिङ गजुरीमा जन्मिएका थिए । राजनीतिमा आउनुअघि शिक्षण पेशामा आबद्ध उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व समेत गरेका पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । 

पाण्डेले २०५० वैशाख २० नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनी हाल नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष छन् । यस अघि पाण्डेले स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । 

चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेकी हुन् । 

१६ वर्षको उमेरमा सशस्त्र युद्धमा होमिएकी महिला लडाकु मोक्तान नेकपा माओवादी केन्द्रबाट मकवानपुर २(क) मा प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । २०६३ सालमा संसद सदस्य मनोनित भएकी मोक्तान २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसबाट प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् । 

उनी भक्तपुर क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसबाट विजयी भएका हुन् । यस्तै नेकपा एकिकृत समाजवादीबाट प्रदेश संसदीय दलका उपनेता कृष्ण प्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन् । 

मुख्यमन्त्री शाक्यको पालमा उनी सामाजिक विकासमन्त्री नियुक्त भएका थिए । तर नेकपा एमाले विभाजनसँगै उनले मन्त्रीबाट राजीनमा दिएर समाजवादी रोजेका थिए । खनाल चितवन १(ख) मा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.