एमाले पोखरा महानगर कमिटी अध्यक्षमा न्यौपाने
पोखरा : नेकपा एमालेको पोखरा महानगर कमिटी दिलीप न्यौपाने अध्यक्ष भएका छन् । अरु ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिएकाले न्यौपाने सर्वसम्मत अध्यक्ष भएका हुन् । न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले बुधबार अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
न्यौपाने लामो समय विद्यार्थी राजनीतिमा थिए । अनरोस्ववियु कास्कीको अध्यक्ष भइसकेका न्यौपाने महानगर कमिटी पूर्वसचिव पनि हुन् । अगुवा नेताहरु पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी, जगत विश्वकर्मा, भीम कार्कीलगायतले युवालाई नेतृत्वमा ल्याउन सहमति जुटाउन पहल गरेका थिए । अरु उम्मेदवार पनि सहमत भइ न्यौपानेलाई अध्यक्ष छाडेका हुन् ।
अरु पदमा पनि सर्वसम्मतको प्रयास एमाले केन्द्रीय सदस्य भीम कार्की संयोजकत्वका निर्वाचन मण्डलले गरेको छ। उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ।
जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी सचिवमा परेको छ । उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।
एमालेको महानगर कमिटी १०१ सदस्यीय हुन्छ। त्यसमा बुधबार उम्मेदवारी दिएकामध्ये भौगोलिक तर्फबाट सदस्यहरु २५ जना निर्विरोध चयन भएका छन् । वडा नम्बर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, ३ बाट शशिधर पराजुली, ४बाट इन्द्रकुमारी अधिकारी, ६ बाट विष्णुबहादुर भट्टराई, ७ बाट पुरुषोत्तम रेग्मी, ८ बाट ईश्वरप्रसाद सुवेदी, ९ बाट प्रकाश शर्मा, ११ बाट नारायणप्रसाद बास्तोला, १२ बाट वीरबहादुर थापा, १३बाट कृष्णकुमारी गुरुङ, १५ बाट तोरणबहादुर बानियाँ, १६ बाट जगन्नाथ तिमिल्सिना, १७ बाट चिरञ्जीवी पोखरेल, १९ बाट नवीन भण्डारी, २० बाट मोहनबहादुर केसी, २२ बाट खेमराज बराल, २३ बाट चेतबहादुर क्षेत्री, २४ बाट मनोहरि त्रिपाठी, २५ बाट वेदनाथ पौडेल, २७ बाट गणेशराज धमला, २८ बाट दिनेशबाबु खड्का, २१ बाट प्रमोद कुमार पौडेल, ३० बाट प्रेमराज बसौला, ३२ बाट विष्णुप्रसाद तिवारी र ३३ बाट चन्द्रप्रसाद पौडेल निर्विरोध चयन भएका हुन् । भौगोलिक तर्फ ३३ वडाका ४६ जनाको उम्वेदवारी परेको थियो । प्रत्येक वडाका १ जना सदस्य चयन हुने व्यवस्था विधानमा छ।
कास्कीका मादी गाउँपालिकामा बालकृष्ण गुरुङ, रुपा गाउँपालिकामा सवाबक्स मिया र अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटा सर्वसम्मत अध्यक्ष निर्वाचित भइसकेका छन्।