अमेरिकी डलर साट्ने भन्दै ठगी गर्ने प्रक्राउ
काठमाडौं : अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा मिनबहादुर पाइन पक्राउ परेका छन्। गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ।
पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले प्रक्राउ गरेको हो।
पाइनको साथबाट ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२–३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ बरामद गरिएको छ। फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।