किम जोङ उनको २० केजी तौल घट्यो

किम जोङ उनको २० केजी तौल घट्यो

सिओल : उत्तर कोरियाली नेता किम जोङ उनले २० किलो तौल घटाएका छन् । दुई वर्षको अवधिमा करिब २० किलोग्राम (४४ पाउण्ड) तौल घटेको हो । उनको तौल घटेपनि उनी स्वस्थ्य रहेको दक्षिण कोरियाली गुप्तचरहरुले बताएका छन् ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) का गुप्तचरले नीति निर्मातासमक्ष उत्तर कोरियाली नेता किमको स्वास्थ्य अवस्था र उनको आगामी योजनाबारे संक्षिप्तरुपमा सो जानकारी दिएका हुन् । 

किमको तौल, स्वास्थ्य अवस्था र आगामी योजनाबारे बुझ्न गुप्तचरहरुले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गरेको बताइएको छ। खाद्य र आर्थिक संकटको सामना गर्न किमले आगामी योजना बुनिरहेको समेत उनीहरुले बताएका छन् ।  

पछिल्लो समय उत्तर कोरियाले आयोजना गरेका विभिन्न कार्यक्रममा ३७ वर्षीय किम पातलो देखिएको समेत गुप्तचरहरुले बताएका छन् । एनआइएसका अनुसार हाल किमको तौल १४० केजी (३०८ पाउन्ड) बाट घटेर १२० केजी (२६४) पाउन्ड पुगेको छ । किमको उचाई भने ५ फिट ८ इन्च (१७९ सेन्टिमिटर) रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यले जनाएका छन्।
 
एबीसी न्युजबाट   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.