कमजोरलाई कारबाही, बलियालाई छुट

कमजोरलाई कारबाही, बलियालाई छुट

सिरहा

घटना : १
गत सोमबार साँझ भारतीय सीमावर्ती बजार माडरबाट सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव प्रतिबन्धित लागूऔषध नाइट्रोभेटको १५ ट्याब्लेटसहित पक्राउ परे। उनी भारतीय बजार बेतौनाबाट फर्किएका थिए। उनको स १ ब ९३८ नम्बरको सरकारी मोटरसाइकलबाट लागूऔषध बरामद भयो। पक्राउ परेको १७ घण्टामा नै वडाध्यक्ष यादवलाई प्रहरीले तारिखमा छोड्यो। उनलाई हिरासतमा पनि राखिएन। 

घटना : २
२०७४ माघ १४ गते जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कम्प्युटर अपरेटर सरोजकुमार पासवान आफ्नो घर कर्जन्हा जाँदा साथी शीतलसँग लिफ्ट मागे। शीतल झालाई मिर्चैयाका मोहन साहसँग पैसा ल्याउन जानु थियो। दुवै मोटरसाइकलमा मिर्चैया पुगे। झाकाअनुसार मोहनको भाइले दाइ पैसा लिएर आउनु भन्दै दुईतले घरको माथि बोलाए। ४०-४५ मिनेट कुरा गरेर आज पैसा भएन भन्दै फर्काएको उनले सुनाए। त्यहाँबाट फर्केको केहीछिनमै पैसा लिन आउनु बजारमा भनेर फोन आयो। उनीहरू पुन: त्यहाँ पुगे। त्यसपछि बोलाउने मान्छेको फोन अफ भयो। त्यही बेला प्रहरी आयो र खानतलासी गर्न थाल्यो। उनीहरू आश्चर्यमा परे। प्रहरीले कसैसँग फोनमा बोलेर मोटरसाइकलको सिट खोल्दा लागूऔषध भेटायो। आफूहरूलाई सुनियोजित रूपमा फसाएको र पटकपटक प्रहरीलाई भन्दा पनि कुनै सुनुवाइ नभएको उनले बताए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान बढायो। पासवान ४३ दिनपछि अदालतमा निर्दोष सावित भएर छुटे। झा ७३ दिनमा धरौटीमा छुटे। सूचना दिने व्यक्तिमाथि अनुसन्धान गर्न माग गर्दा पनि प्रहरीले वास्ता गरेन। ‘दोषी नहुँदा पनि भएको जागिर पनि गुमाएँ,’ सरोज पासमानले भने, ‘फसाउनेलाई प्रहरीले कारबाही पनि गरेन।’

यसैगरी, २०७८ भदौमा रौतहटमा पत्रकार मोजिबुल्लाहलाई लागूऔषध राखिदिएर फसाइएको प्रकरणमा प्रहरीकै संलग्नता देखिएको थियो। उनको मोटरसाइकलमा लागूऔषध राखिदिँदै गरेको सीसी टीभी फुटेज सार्वजनिक हुँदा पनि प्रहरीले थप अनुसन्धान गरेर फसाउनेलाई पक्राउ नगरेसम्म छाडेको थिएन।

तर, लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई प्रहरीले एकदिन नबित्दै सुटुक्क छाडेको छ। प्रहरी अधिकृतहरूका अनुसार वडाध्यक्ष यादवको हकमा उनी निर्दोष हुन सक्ने आधार संकलन नगरी प्रहरीले छाडेको देखिएको छ। लागूऔषध बरामद भएपछि यसरी छोड्न नमिल्ने उनीहरूको भनाइ छ। लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नभएका होइनन्। तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ।

वडाध्यक्षको मोटरसाइकलमा लागूऔषध राखिदिएको हुन सक्ने विभिन्न कारण रहेको बताउँदै अनुसन्धान जारी रहेको सिरहा प्रहरी प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले सुनाए। ‘हिरासतमा राखेर वा नराखेर दुवै तरिकाले अनुसन्धान गर्न मिल्छ, लागूऔषधको धेरै परिमाण पनि होइन। त्यसैले छाडिएको हो,’ उनले भने ‘बरामद भएको लागूऔषध र मोटरसाइकल प्रहरीमै रहेको छ।’

प्रहरीले यसअघिको घटनाहरूमा थोरै मात्रामा लागूऔषधसहित पक्राउ परेको व्यक्तिलाई कारबाहीका लागि अनुसन्धान गर्न हिरासत राखिन्थ्यो। वडाध्यक्षको घटनामा लागूऔषध वडाध्यक्ष यादवको हो कि होइन भन्ने पनि पुष्टि नभएको प्रहरीले तर्क गर्दै आएको छ। प्रहरीका अनुसार यादवको साथबाट बरामद भएको होइन, पार्किङ गरेको मोटरसाइकलमा थियो। अर्कोले दिएको भन्ने दाबी गर्छन्। तर, अधिकांश लागूऔषध घटनामा आरोपितहरूको सवारी साधनबाटै बरामद भएको देखिन्छ। उनीहरूलाई भने कारबाही गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हीराबहादुर पाण्डेले सूचना दिने व्यक्तिमाथि समेत प्रश्न उठाएका छन्। ‘सशस्त्र प्रहरी जवान यादवलाई सूचना दिने व्यक्ति पंकजकुमार यादव भएको र उनको सीआरएस अभिलेख हेर्दा एकपटक डाँका र दुईपटक अभद्र व्यवहार कसुरमा पक्राउ भई अभियोजन भएकाले उनको चालचलन सन्तोषजनक देखिएन,’ उनले भने, ‘सूचना दिने व्यक्ति हालसम्म कार्यालयको सम्पर्कमा पनि नआई फोन स्विच अफ गरेर फरार भएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.