जेलबाट रिहा भए आर्यन खान

जेलबाट रिहा भए आर्यन खान

मुम्बई : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलबाट रिहा भएका छन्। लागुऔषधको मुद्धामा जेल परेका आर्यन एक महिनापछि रिहा भएका हुन्। उनलाई मुम्बईस्थित आर्थर रोड जेलबाट शनिबार बिहान रिहाई गरिएको हो। 

आर्यनलाई करिब एक महिनाअघि लागुऔषध मुद्धामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरी जेल पठाएको थियो। उनलाई जमानतमा रिहाई गर्न ठोस प्रमाण नपुग्दा लामो समय लागेको थियो। 

बिहीबार मुम्बईको उच्च अदालतले उनको जमानत रिहाई स्वीकार गरेको थियो। बलिउड अभिनेत्री जुहि चावला उनको जमानती बनेकी छन्। २३ वर्षीय आर्यनको जमानतको लागि चावलाले शुक्रबार १ लाख भारतीय रुपैयाँ भरेकी थिइन्। 

रिहाईपछि उनी मन्नतस्थित आफ्नो निवास पुगेको भारतिय सञ्चारमाध्यमले जनाएका छन्। आर्यनसँगै पक्राउ परेका अन्य १४ को समेत जमानतमा रिहा हुने अवस्थामा रहेको बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.