प्रदेश १ मा राजेन्द्र राईकै नेतृत्वमा सरकार बन्ने सहमति भएको छ : नेपाल

प्रदेश १ मा राजेन्द्र राईकै नेतृत्वमा सरकार बन्ने सहमति भएको छ : नेपाल

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  प्रदेश १ मा पनि नेकपा (एस) कै सरकार बन्ने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा  पत्रकारहरुसँग उनले प्रदेश १ मा राजेन्द्र राईकै नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन्।

काग्रेससँग आधा –आधा कार्यकालबारे केही छलफल नभएको नेपालले दाबी गरे। उनले भीम आचार्य नेतृत्वको सरकारलाई हटाउने र गठबन्धनको सरकार बन्ने स्पष्ट पारे। प्रदेश १ ओलीको अन्तिम ठाउँ भएकाले षडयन्त्र गरिरहेका बताउँदै नेपालले भने,‘केहि हुँदैन हाम्रै नेतृत्वमा सरकार बन्छ।’

सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको विषयमा पत्रकारले राखेको प्रश्नमा नेपालले आफू राजनीतिककर्मी भएकाले राजनीतिक प्रश्न मात्र गर्न आग्रह गरे। राणालाई महाअभियोग लगाउने विषयमा प्रश्न राख्दा उनले भने,‘मलाई राजनीतिक प्रश्न मात्रै गर्न गर्नुस्। म आफू राजनीतिककर्मी भएकाले मेचीदेखि महाकालीसम्म अभियान सञ्चालन गर्दै आएका हुँ।’

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रश्नमा उनले त्यस विषयमा छलफल नभएको जिकिर गरे। केही दिन अघि नेकपा एमालेका अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने अभिव्यक्तिलाई  न्यायपालिकाको स्वतन्त्र निर्णय गर्ने अधिकारमाथिको हस्तक्षेप भएको बताए।  न्यायपालिकाले दुवै पटक ऐतिहासिक निर्णय गरेकाले ओलीले रिस पोखेको उनले बताए। उनले अदालतलाई सम्मान गर्न आग्रह समेत गरे। वर्तमान अवस्थामा  देखिएका समस्यालाई छलफल गरेर समाधान गर्नुपर्ने उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.