यस्तो छ जलवायु परिवर्तनको कथा
जलवायु परिवर्तनका कारण हुने क्षति नेपालले मात्र होइन, विकसित मुलुकहरूले पनि उत्तिकै भोगेका छन्।
अढाई सय वर्षअगाडि सवारीसाधनको विकास भएको थिएन। हामीलाई यताउति कतै जानु परेमा कि त घोडाको प्रयोग गर्नुपथ्र्यो, कि बयलगाढाको। कि त पैदल नै हिँड्नु पथ्र्यो। सामान ढुवानी गर्दा पनि कि घोडाले, कि ऊँट त कि खच्चडले गर्ने गथ्र्यो। यतिबेलासम्म कुनै पनि काममा मेसिनको प्रयोग हुने थिएन। विश्वमा पहिलो औद्योगिक क्रान्ति त्यतिबेला सुरु भयो, जब कोइलाको पत्ता लाग्यो। पृथ्वीको पत्रमा करोडांै वर्ष अगाडिदेखि थिचिएर र दबिएर बसेका वनस्पति कोइला र खनिज इन्धनमा परिणत भयो।
त्यही कोइलालाई खनेर झिक्ने र त्यसलाई बालेर पानी तताउने काम गर्न थालियो। अनि त्यही पानीबाट आएको बाफले पम्प चलाउन सुरु गरियो। पम्प किन चलाउने भन्दा कोइलाको खानीमा जहिले पानी परे पनि त्यो पानी कोइला खानीभरि भरिन्थ्यो। उनीहरूले सुरुसुरुमा त घोडा र बाल्टिनको प्रयोग गरेर पानी फाल्न थाले। त्यो निकै झन्झटिलो थियो। सन् १७७० तिर पुगेपछि त्यसलाई परिमार्जन गर्ने प्रक्रिया सुरु भयो। ग्लास्को विश्वविद्यालयमा काम गर्ने जेम्स वाट नाम गरेका एक मेकानिकल इन्जिनियर थिए। उनी अत्यन्तै क्षमतावान् थिए। उनलाई यो पुरानो पम्प बिग्रियो बनाइदिए भनेर कसैले दिएछन्। यसमा खर्च धेरै लाग्छ। कोइला धेरै बाल्नुपर्छ भनेर भनेछन्।
तापले वायुमण्डलको स्थिर प्रणालीलाई तलमाथि पारिदियो। यसले गर्दा हिउँ पग्लने, वर्षा अनियमित हुने, खडेरी, डढेलो, समुद्री आँधी बढ्नेजस्ता गतिविधि हुन थाल्यो।
नेपालमा भएको वर्षा हेर्ने हो भने पनि यस्तो होइन कि पहिले कात्तिकमा पानी पर्ने नै थिएन। परेको छ। तर यसपालिको ‘स्केल’ र ‘स्प्रेड’ मात्र बढी हो।
नेपालमा भएको वर्षा जलवायु परिवर्तनको प्रभाव हो। यद्यपि विज्ञान अझै हामीसँग छैन। प्रभाव बढी परिरहेको छ भन्ने हामीले संकेत मात्र गर्न सक्छौं।
यति थोरै पानीको बाफ निकाल्न यति धेरै कोइला बाल्नुपर्छ भनेर त्यही ठाउँमा गफ चलिरहेको रहेछ। उनले त्यो पम्प बनाउन त बनाए। तर उनलाई यसको कोइला बाल्ने परिणाम म घटाउन सक्छु कि भन्ने लाग्यो। थोरै कोइला बालेर धेरै बाफ निकाल्न सक्छु भनेर उनलाई मनमा विचार आयो। उनलाईत्यतिबेला उक्त विचार फुरेको सहर पनि ग्लास्को नै थियो। आइतबारको दिनमा हिँड्दाहिँड्दै उनलाई उक्त विचार फुरेको थियो। त्यतिबेलाका उनी पनि एक उद्यमी नै थिए। उनले आफूले लिएको पम्प पनि बनाए। त्यसको काम गर्ने क्षमता पनि बढाए। अब यसलाई के गर्नु भनेर सोच्दै गर्दा उनी आफ्नो व्यापारी साथीकहाँ पुगे। तिमी र म मिलेर एउटा कम्पनी खोलौं भन्ने प्रस्ताव राखे। यसको पेटेन्ट अधिकार लिऔं र पम्प बनाई अनि बेचौं भन्ने प्रस्ताव पनि उनले राखे।
उनीहरूले कम्पनी खोले। पेटेन्ट अधिकार पनि लिए। त्यसपछि उनीहरूले बाहेक अरूले उक्त पम्प बेच्न नपाउने भए। पम्प बनाएर बेच्न पनि सुरु गरे। यसबाट आम्दानी पनि राम्रै हुन थाल्यो। बेलायतबाट त्यो बेलामा विदेशमा निर्यात हुने सामग्री भनेको स्टिम इन्जिन नै थियो। त्यसपछि उनीहरूले स्टिम इन्जिनलाई रेलमा प्रयोग गर्न मिल्ने खालको बनाए। पछि जहाज चलाउने मिल्ने बनाए। पछि कपडा उद्योगमा प्रयोग हुने खालको बनाए। ३० वर्षपछि उनीहरूको पेटेन्ट अधिकार सकियो। त्यसपछि त्यस्तै पम्प बनाउने होडबाजीमाभए जत्तिका अरू उद्यमी पनिअघि सरे। यसले औद्योगिक सभ्यता सुरु गर्यो। सामान ढुवानीका क्रममा अब मानिसले बोक्नु नपर्ने भयो। मेसिनले बोक्न थाल्यो। रेलले बोक्यो। जहाजले बोक्यो। फ्याक्ट्रीमा त्यसले काम गर्न थालेपछि मानिसले गर्ने कामभन्दा धेरै गुणा बढी काम हुन थाल्यो। यसले प्रगति, समृद्धि र विकास सबै दियो। तर कोइला बालेपछि धुवाँ निस्कियो। धुवाँमा कार्बन थियो।
सुरुमा धुवाँ निस्किए पनि यसमा कार्बन हुन्छ भन्ने थाहा थिएन। धुवाँ निस्कियो, कहाँ गयो कसैले वास्ता पनि गर्ने थिएनन्। कसैलाई यसको पत्तो पनि थिएन। सन् १७७० बाट हामी सन् १८०० मा आइपुग्यौं। त्यसपछि सन् १८५० र सन् १८५४ सम्म। त्यतिबेला अमेरिकाको पेन्सिलभेनिया भन्ने ठाउँमा जमिनबाट कालो, गन्हाउने, च्यापच्याप लाग्ने र बल्ने एक तरल पदार्थ निस्कियो। अब यसलाई कुनै तरिकाले निकालेर बेच्न पाए पैसा कमाइन्थ्यो भनेर तीन जनाले मिलेर एउटा कम्पनी खोले। कम्पनी खोलेर यल विश्वविद्यालयमा काम गर्ने एक प्राध्यापकलाई ‘लौ न यो बल्छ कि बल्दैन हेरिदिनुपर्यो’ भने। प्राध्यापकलाई परामर्शका लागि ५०८ डलर दिने सम्झौता भएको रहेछ। उनीहरू तीनै जनासँग प्राध्यापकलाई दिने पैसा भने रहेछन्। त्यसैले प्राध्यापकले म यो रिपोर्ट दिन्न भन्दो रहेछ।
‘मेरो पैसा दे अनि मात्र प्रतिवेदन दिन्छु’ भन्ने उनको अडान थियो। उनले प्रतिवेदन नदिएका भए सायद हाम्रो विश्वको इतिहास नै के हुन्थ्यो थाहा छैन। तर ती तीन जनाले कतैबाट ऋण गरेर प्राध्यापकलाई पैसा दिए र आफूले उनीसँग प्रतिवेदन लिए। त्यो कालो, चिल्लो र गन्हाउने झोललाई प्रशोधन गर्न सकिन्छ, त्यसलाई बाल्न सकिन्छ र त्यसलाई बेच्न सकिन्छ भन्ने त्यही प्रतिवेदनले स्थापित गर्यो। कोइलापछि खनिज तेल जस्तै डिजेल, पेट्रोलियम, ग्यास, एभियसन फ्युलको उत्पादन सुरुभयो। जसलाई हामीले दोस्रो औद्योगिक कालखण्ड भन्छौं।
त्यसकारण हाम्रो प्रस्थान बिन्दु भनेकै यही हो। यहाँबाट धुवाँ निस्कन थाल्यो। धुवाँ भनेको कार्बनडाइअक्साइड निस्कियो, मिथेन निस्कियो। त्यसपछि गएर नाइट्रस अक्साइड र क्लोरोफ्लोरो कार्बन (सीएफसी) ग्यास निस्कियो। पश्चिमी सभ्यतामा उनीहरू त्यत्तिकै चुप लागेर बसेनन्। उनीहरूले वैज्ञानिक अध्ययनलाई जारी राखे। सन् १८५९मा एक वैज्ञानिकले पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, बाफलगायतका ग्यासहरू रहेको पत्ता लगाए। ग्यासले सूर्यबाट आउने केही किरणलाई आउन दिन्छ। तर फर्केर जाने किरणमध्ये केहीलाई रोकेर राख्ने पत्ता लगाए। यसले गर्दा हाम्रो पृथ्वीमा अलि गर्मी छ, पृथ्वी अलि तातो छ भन्ने उनले पत्ता लगाए। यसले नै पृथ्वीमा जीवन सम्भव भएको पनि उनकै खोजले देखायो। त्यसलाई उनले ग्रिनहाउस ग्यास नाम दिए।
सन् १७६० देखि अहिलेसम्म मानिसले कोइला बाल्दै गए। कोइला रेल चलाउन, बिजुली निकाल्न, जहाज चलाउन बालियो। बिजुलीलाई अझै पनि हामी बाल्दैछौं। हालै भएको ऊर्जा संकटमा भारतको बिजुली उत्पादनको ७० प्रतिशत अझै पनि कोइलामा आधारित छ भन्ने तथ्यांक बाहिर आयो। चीनमा अझै यही अवस्था छ। खनिज तेल हामीले गाडी चलाउन, स्टिल उद्योग, एमोनिया उद्योग, प्लास्टिक उद्योग र खेतबारी जोत्नलाई समेत प्रयोग गर्छौं। विश्वको सामाजिक आर्थिक प्रणाली नै खनिज तेल बाल्ने प्रणालीमा आधारित भयो। यति हुँदै गएर सन् १९९० पछि यो बाल्ने दर यति बढ्दै गयो। अहिले आएर हामी यो अवस्थामा पुगेका छौं कि वायुमण्डलमा हरित ग्यासको मात्रा बढेको छ। यो प्राकृतिक नभई, कोइला र खनिज इन्धन बालेर, वन विनाश गरेर, फोहोर मैलाबाट निस्किएको मिथेन ग्यासजस्ता मानव क्रियाकलापबाट सिर्जित हुन्। ती ग्यास माथि गएर वायुमण्डलमा थुप्रिए। यसले पृथ्वीबाट फर्कने किरणलाई रोकिदियो। यसले गर्दा पृथ्वी तातो भयो।
ताप भनेको ऊर्जा हो। यसले वायुमण्डलको स्थिर प्रणालीलाई तलमाथि पारिदियो। यसले गर्दा हिउँ पग्लने, वर्षा अनियमित हुने, खडेरी, समुद्रको तह बढ्ने, डँढेलो, समुद्री आँधी बढ्नेजस्ता गतिविधि हुन थाल्यो। यस्ता घटना जलवायु परिवर्तनका कारणले गर्दा नै भएका हुन् भन्ने पुष्टि भइसकेका छन्। विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रम बढ्यो। यसैका कारण हाम्रा हिउँहरू पग्लन थाले। हिमतालहरू बढ्न थाले। हालै नेपालमा भएको वर्षा हेर्ने हो भने पनि यस्तो होइन कि पहिले कात्तिकमा पानी पर्ने नै थिएन। परेको छ। तर यसपालिको ‘स्केल’ र ‘स्प्रेड’ मात्र बढी हो। यो नेपालभित्र मात्र हो भनेर नसोचौं। यो पानी नेपाल भित्रबाट आएको होइन। पानी क्षेत्रीय तहबाट नै आएको हो। बंगालको खाडीमा कम चाप भयो, अरेबियन समुद्रमा कम चाप भयो। यसकावैज्ञानिक आधारहरू पनि प्रशस्तै छन्। त्यसैले अहिले हामीले के भन्न सक्छौं भने हालै नेपालमा भएको वर्षा जलवायु परिवर्तनको प्रभाव हो। यद्यपि विज्ञान अझै हामीसँग छैन। प्रभाव बढी परिरहेको छ भन्ने हामीले संकेत मात्र गर्न सक्छौं।
जलवायु परिवर्तनका कारण हुने क्षति हामीले मात्र होइन, विकसित मुलुकले पनि उत्तिकै भोगेका छन्। जस्तै अमेरिकाको क्यालिफोर्नियामा डढेलोले सखाप पार्यो। अस्ट्रेलियामा त्यस्तै भयो। बाढीले न्युयोर्क र लुजियाना डुबायो। त्यसैगरी चीनको हेनान प्रान्तमा त्यत्रो बाढी आयो। हिट वेभले गर्दा विश्वमा धेरै मानिसको मृत्यु भएको छ। त्यसैले यसको प्रभाव उनीहरूलाई पनि परेको छ। तर जतिसुकै भए पनि नीतिगत तह र राजनीतिक तहमा कार्यान्वयन गर्नै सकेका छैनन्। यति भन्दाभन्दै ‘डिकार्बोनाइजेसन’ र नवीकरणीय ऊर्जाकोक्षेत्रमा काम नभएको त होइन नि। सोलार प्यानलको मूल्य घटेको छ। ग्रिन हाइड्रोजन इन्धनको कुरा पनि चलेको छ। यद्यपि विश्व अहिले ऊर्जा संक्रमणको स्थितिमा छ भन्ने विभिन्न अध्ययनले देखाइसकेको छ।
लेखक जलवायु विज्ञ हुन् ।