गाडी चोर्ने गिरोह पक्राउ, तीनवटा मोटरसाइकल बरामद

गाडी चोर्ने गिरोह पक्राउ, तीनवटा मोटरसाइकल बरामद

बेलौरी (कञ्चनपुर) : कैलाली र कञ्चनपुरमा गाडी चोर्ने गिरोहका पाँचजनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। कार्तिक गते कञ्चनपुरको बेलौरी नगरपालिका ४ बेलौरी बजारमा रहेको डिडि अटो मोबाइलको सोरुमबाट चोरेका तीनवटा १५० सिसिका बजाज पल्सर मोटरसाइकलसहित गिरोकका पाँचजना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाको नेतृत्वमा खटिएको प्रहरी टोलीले, सोरुमको सटर तोडेर चोरी भएका तीनवटै मोटरसाइकल बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का २० वर्षका विवेक बम, सोही वडाका २४ वर्षका लक्ष्मण चुनारा, वडा नम्बर १२ का १९ वर्षका ठगी राना वडा नम्बर १ का २० वर्षका पारस विष्ट र वडा नम्बर १ कै १८ वर्षका किरन नाथलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले लिएको उनीहरुको प्रारम्भीक बयान अनुसार कार्तिक ६ गते दिउँसो उनीहरुले शुक्लाफाँटा नगरपालिका १ का शैलु रानाको कटेजमा डिडि अटो मोबाइल तोडेर मोटरसाइकल चोर्ने योजना बनाएका थिए। 

पक्राउ परेका पाँचजना र थप २ जनाले सबैभन्दा पहिला सोरुममा लगाइएको सिसि क्यामेराको तार काटे । त्यसपछि उनीहरुले घरेलु हतियारले सोरुपमको सटर तोडे । सटर तोडेपछि उनीहरुले १५० सिसिका तीन वटा मोटरसाईकल चोरी गरे । 

प्रहरी निरीक्षक कमल खडकाको नेतृत्वमा खटिएको टोलीले चोरी भएकै १२ घण्टाभीत्र विवेक बम र पारस विष्टलाई पक्राउ गर्यो । दुवैजनाको बयानका आधारमा प्रहरीले शुक्लाफाँटा नगरपालिका १ का किरन रावलको घर नजिकैको परालको थुप्रोमा लुकाइ राखेको २ वटा मोटरसाइकल बरामद गरेको छ । 

अनुसन्धानकै क्रममा प्रहरीले कार्तिक १२ गते किरन नाथ र कार्तिक १३ गते लक्ष्मण चुनारालाई पनि पक्राउ गरेको छ । कार्तिक १२ गते पक्राउ परेका किरन नाथको साथबाट प्रहरीले चोरी भएको तेस्रो मोटरसाईकल पनि बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय बेलौरीले सिसि क्यामेराको तार काटेर चोरी गरेकाले अनुसन्धानमा ढिलाइ भएको जनाएको छ । तर सिसि क्यामेरामा विवेक बम र ठगी रानाले राती सोरुमतिर जाँदै गरेको फुटेज भने फेला परेको थियो । त्यस फुटेजका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाले, यो गिरोह लामो समयदेखि कैलाली र कञ्चनपुरमा गाडि चोरीका घटना र अरु आपराधिक क्रियाकलापमा संलग्न रहेको जनाएको छ । कटेज मालिक सैलु सिह र लक्ष्मण चुनारा यसअघि पनि ज्यान मार्ने उद्योग, डाँका चोरी मुद्धामा जेल परिसकेका प्रहरी निरिक्षक खडकाले बताए ।

प्रहरी निरीक्षक खडकाले सोरुममा चोरी गर्ने घटनामा थप दुईजनाको पनि संलग्नता रहेको जनाएको छ । ‘पक्राउ परेकाहरुको बयानका आधारमा सोरुममा चोरी गर्ने घटनामा थप अरु दुईजनाको पनि संलग्नता छ, हामीहरु उनीहरुको खोजी गरिरहेका छौं, यो गिरोहले अरु धेरैका गाडि पनि चोरी गरेको फेला परेको छ’ प्रहरी निरिक्षक खडकाले भने ।

बेलौरी आसपासको क्षेत्र भारतसँग सीमाना जोडिएको क्षेत्र हो। यो गिरोह नेपालबाट चोरी गरेका गाडि भारतमा बेच्ने र भारतबाट चोरी गरेर ल्याएका गाडि नेपालमा बेच्न सक्रिय रहेको पनि प्रहरीले जनाएको छ। बेलौरी चोरीका गाडि विक्रि हुने बजारका रुपमा परिचित बजार हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.