बिहेमा संगीत बजाउँदा अफगानिस्तामा तीनजनाको हत्या

बिहेमा संगीत बजाउँदा अफगानिस्तामा तीनजनाको हत्या

नांगरहार:अफगानिस्तानमा बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेका छन् । पूर्वीअफगानिस्तानस्थित नांगरहार प्रान्तको शाम्सपुर मार घुन्दी गाउँमा आक्रमणकारीहरुले बिहेमा रमाउँदै गरेका तीनजनाको हत्या गरिदिएका हुन्।

शुक्रबार राति भएको सो घटनामा अन्य दुई व्यक्ति गम्भीर घाइते भएको र घटना तालिवानको नाममा गराएको बताइएको छ । तालिवानले घटनामा संलग्न तीनजनामध्ये दुईलाई पक्राउ गरी हिरासतमा राखेको छ । 

समाचार एजेन्सी एएफपिका अनुसार पक्राउ परेका व्यक्तिले आफूहरु इस्लामिक एमिराट भएको र इस्लामिक कानुनको उल्लंघन गर्दा आक्रमण गरेको बताएका छन् । एएफपिका अनुसार पीडित परिवारले बिहेको समयमा डिजे म्युजिक बजाउँदा तालिवान लडाकुले प्रवेश गरेको र लगत्तै बन्दुकमार्फत आक्रमण गरेको बताएका छन् । 

सन् १९९६ देखि २००१ सम्म तालिवानले गरेको शासनकालमा अफगानिस्तानमा संगीतमाथि प्रतिबन्ध लगाइएको थियो । यद्यपि तालिवान नेतृत्वको वर्तमान सरकारले भने संगीतको विषयमा कुनैपनि निर्णय नलिएको बताइको छ । 

इस्लामिक कानुनले संगीत र मनोरन्जनजस्ता गतिविधिलाई व्याख्या नगरेको बताइन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.