ताकममा अस्पताल भवन निर्माण सुरु

ताकममा अस्पताल भवन निर्माण सुरु

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण सुरु भएको छ। संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो। 

पाँच शैया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण सुरु भएको धवलागिरी गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीले जानकारी दिए।  

'आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो,' उनले भने,'आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ। 

भवन निर्माणका लागि बिएम-आइएस-एसी जेभी बुर्तिबाङ बागलुङले चार करोड ७९ लाख ४० हजार ३३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। विद्युतीय माध्यमबाट भएको ठेक्का प्रतिस्पर्धामा छ वटा कम्पनी सहभागि थिए। गत चैत महिनामा सम्झौता गरेको ठेकेदारले जग्गा व्यवस्थापन सकेर पिल्लर ठडाई भुई ढलान (डिपिसी) सकेको छ। 

निर्धारित समय भित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन्। वि.स. २०७७ पौषमा भएको धवलागिरीको विशेष गाउँसभाले ताकममा पाँच शैया क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। 

निर्णय अनुसार गत वर्षदेखिनै ताकम स्वास्थ्य चौकीमा स्थापना भएको कोरोना अस्थायी अस्पताललाई निरन्तरता दिइएको छ। एक जना चिकित्सक, दुई जना नर्सका साथै ताकम स्वास्थ्य चौकीका मौजुदा जनशक्तिले सेवा दिइरहेका छन्। धवलागिरीको ७ मै पर्ने अर्को वस्ती धारापानीमा गत वर्ष स्थापना भएको स्वास्थ्य चौकी र ३ मुना स्वास्थ्य चौकीको भवन पनि निर्माण भइरहेको छ। 

ताकममा अस्पताल सञ्चालन भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरीका वासिन्दालाई स्वास्थ्य उपचारमा सहज भएको छ। चिकित्सकको सेवाका लागि दरबाङ, बेनी, बागलुङ, पोखरा लगायत बजारमा पुग्नुपर्ने बाध्यता कम भएको छ। गाउँ गाउँमा चिकित्सक पुगेर घुम्ति शिविर सञ्चालन गरि सेवा दिएका छन्। 

धवलागिरीको ताकमका साथै मंगला र अन्नपूर्ण गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन्। मंगलाले अर्मन स्वास्थ्य चौकीको भवन परिसर र अन्नपूर्ण गाउँपालिकाले १ दोबामा अस्पताल भवन निर्माण गर्न लागेका छन्। अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरी गाउँपालिकालाई ७०÷७० लाख, रघुगंगा र मंगला गाउँपालिकालाई ८५/८५ लाख रुपैयाँ बजेट पठाएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.