कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहीले सोमबार साँझ पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्। 

सत्ता साझेदार काँग्रेससँगको पूर्वसहमति अनुसार उनले राजीनामा दिएका हुन्। उनको राजीनामासँगै अब काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन्।

यसअघि नेकपा विभाजनसँगै मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए। तर गत बैशाखमा काँग्रेसले विश्वासको मत दिएपछि उनको सरकार जोगिएको थियो। विश्वासको मत दिने बेलामा मुख्यमन्त्री शाहीले काँग्रेसलाई ६ महिनाभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति गरेका थिए। त्यही सहमति कार्यान्वयन गर्न आफूले राजीनामा दिएर मार्ग प्रसस्त गरेको मुख्यमन्त्री शाहीले बताए।

कर्णाली प्रदेश सभामा हाल ३५ जना सांसद छन्। जसमा माओवादीका १२, काँग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका तीन जना सांसद छन्। यी तीन दलले प्रदेशमा सरकार संचालन गरिरहेका छन्। यस्तै एमालेका सभामुखसहित १५ जना र राप्रपाका एक सांसद छन्। माओवादी, काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट अब काँग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने बताइएको छ। यसअिघ काँग्रेस र माओवादीबिच सत्ता हस्तान्तरणको विषयमा रस्साकस्सी भएको थियो।

यही रस्साकस्सीको बिचमा सोमबार नै समाजवादीको तर्फबाट सरकारमा सहभागि तीन मन्त्री पदमुक्त हुने भएपछि राजीनामाको तयारीमा थिए। एमालेबाट निर्वाचित उनीहरु तीन जना गत बैशाखमा सांसदबाट बर्खास्त भएका थिए। मुख्यमन्त्री शाहीलाई फ्लोरक्रस गरेर विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई कारबाही गरेको थियो। गैरसांसद ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था अनुसार उनीहरु हालसम्म मन्त्री बनेका थिए। तर उक्त अवधि सोमबार नै सकिएपछि उनीहरु स्वतः पदमुक्त हुँदै थिए। यही क्रममा मुख्यमन्त्रीले नै राजीनामा दिएपछि प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ।

स्रोतका अनुसार केन्द्रको सत्ता गठबन्धनलाई निरन्तरता दिंदै प्रदेशमा पनि सहकार्य कायमै राख्न सत्ता हस्तान्तरण गरिएको माओवादीले जनाएको छ। कर्णालीमा यसअघि एमालेको एकल बहुमत थियो। तर दलभित्रको विवाद र विभाजनसँगै एमाले प्रतिपक्ष बन्न पुगेको छ। मुख्यमन्त्रीको राजीनामासँगै काँग्रेस नेता शाही मुख्यमन्त्री बन्ने काँग्रेसले जनाएको छ। अब दलहरुबीच मन्त्रालय भागवण्डामा रस्साकस्सी हुने देखिएको छ। एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गर्ने निर्णय आइतबार नै गरिसकेको छ। आठ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले मुख्यमन्त्री त्यागिएकाले चार वटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ। तर काँग्रेसले पनि मुख्यमन्त्रीमा मात्र चित्त बुझाउने अवस्था छैन। उसले पनि केही मन्त्रालय दाबी गर्ने देखिन्छ।

काँग्रेसबाट मुख्यमन्त्रीमा जीवनबहादुर शाही र मन्त्रीमा हिमबहादुर शाहीको चर्चा छ। यस्तै एकीकृत समाजवादीका तीनै जना सांसदहरु चन्द्रबहादुर शाही, देवी वली र पदम रोकाया मन्त्री बन्ने चर्चा छ। माओवादीबाट भने विन्दमान विष्ट, ठम्बरबहादुर विष्ट, कृष्णा शाहलगायतको चर्चा छ। माओवादी नेता महेन्द्रबहादुर शाही २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए। राजीनामा घोषणा गर्दै मुख्यमन्त्री शाहीले भने,‘इमानको राजनीति गर्न र सत्ता गठबन्धनलाई जोगाउन मैले मार्ग प्रसस्त गरेका हुँ, पूर्वसहमति अनुसार सरकारको नेतृत्व काँग्रेसलाई हस्तान्तरण गरेको जानकारी गराउँछु। कर्णालीको विकासका लागि हामी मिलेर काम गर्नेछौं, गठबन्धनलाई थप बलियो बनाउने छौं।’ साथै उनले आफ्नो कार्यकालमा कर्णालीका कानुनी र संरचनागत जग हाल्ने काम गरेको र सरकार सफल भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.