जिंक मिश्रित गहुँ उत्पादनको तयारी

जिंक मिश्रित गहुँ उत्पादनको तयारी

गुलरिया : राष्ट्रिय खाद्य बैंक लिमिटेडले बर्दियामा जिंक तत्व पाइने गहुँ खेतीको थालनी गर्ने भएको छ। नेपालका गहुँविद् डाक्टर मदन भट्टले बर्दियाबाट जिंकयुक्त गहुँ उत्पादन सुरु गर्ने जानकारी दिए। उनले भने, 'विशेष गरी मानव शरिरको रक्त संचार प्रणालीलाई जिंक अति आवश्यक हो। महिला तथा बालबालिकाहरुलाई यसको बढी आवश्यकता पर्छ। त्यसैले यसको उत्पादनमा हाम्रो ध्यान केन्द्रित भएको छ।'

विश्वमा ३ अर्ब जनसंख्याको खाद्यान्न गहुँ हो। उत्पादनको हिसाबले पहिलो मकै, दोस्रो गहुँ र तेस्रोमा धान पर्छ। गहुँबाट प्रोटिन प्राप्तहुन्छ। खाद्य आवस्यकता पूर्ति गर्दै भावीपुस्ताको खाद्य सम्प्रभुत्ता रक्षार्थ पोषिलो आहारको लागि दीगो कृषि उत्पादनको अभियानसहित राष्ट्रिय खाद्य बैंकले रैथाने जिनको खोजी गरेको बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताए। उनले भने, 'हामीले सरकारी बाँझो जग्गा, सामुदायिक वनका खाली जग्गा, व्यक्तिका बाँझो जग्गालगायत खोला छेउका बगरहरु लिजमा लिएर उत्पादको काम शुरु गरिसकेका छौं। परम्परागत कृषि प्रणालीको संरक्षणगर्दै जैविक खाद्यान्न उत्पादन मार्फत एग्रो टुरिजम बिकास गर्ने हाम्रो लक्ष्य हो।'

उनले बर्दियामा पाईलट प्रोजेक्ट अन्तर्गत गुलरिया नगरपालिका-३ मा २५ विगाह क्षेत्रफल निजी जग्गा भाडामा लिएको बताए।  '७ प्रजातीका धानहरु उत्पादन गर्यौं। अब जिंक मिश्रित गहुँ उत्पादनको तयारीमा छौं। क्रमिक रुपमा गेडागुडी, तरकारी, फलफूल, माछामासु, जडिबुटीजन्य लगायतका खानेकुरा उत्पादन गर्ने हाम्रो लक्ष्य छ।'उप्रेतीले भने, 'रसायनमुक्त उत्पादित खाद्यान्नहरु स्वदेशमा खपत गरी विदेशमा निर्यात गर्ने तयारीमा छौं।' 

अध्यक्ष उप्रेतीले थपे, 'कृषि पेशालाई मर्यादित बनाई नयाँ प्रविधिसहितको अध्ययन अनुसन्धान गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुरुप खाद्यान्नबाट देशलाई आत्मनिर्भर बनाउने अभियान बैंकको छ। बैंकले २ अर्ब रकमबाट कामको सुरुवात गर्दै ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्ने तयारी बमोजिम बर्दियामा कार्यालय सञ्चालनमा ल्याई कामको थालनी गरिसकेको छ। किसानलाई धनी बनाउँदै देशलाई आत्मनिर्भर बनाउने बैंकको महत्वाकांक्षी योजना छ।

नेपालमा कृषिलाई उद्योगको रुपमा व्यवसायीक बनाउँदै उत्पादन गर्न सके खाद्यान्नमा आत्मनिर्भर बन्न समस्या नरहेको वनस्पतिविद् प्राध्यापक मोहनप्रसाद पन्थीले बताए। खाद्य बैंक परम्परागत तथा आधुनिक कृषि प्रणालीको सेतुका रुपमा उदाएको छ। किसानहरुले बहुउपयोगी वनस्पतिहरुको उत्पादनले आम्दानी बढाउन सकिने विद्हरुको सुझाव छ। भर्खर नेपालमा भित्रिएको यजोला बहुउपयोगी बनस्पति खेती हो।

उनले भने 'पानी, वा तलावमा खेती गर्न सकिने यजोलाले नाईट्रोजनको मात्रा भण्डारणको क्षमता रहेकाले पशुपंक्षीको आहारालगायत मलका रुपमा प्रयोग गर्न सकिने छ।' प्रयोगात्मक रुपमा पानीमा यजोला रोप्दै उनले भने 'मलको रुपमा प्रयोग गरे १० देखि १२ प्रतिशत उत्पादकत्व वृद्धि गर्छ। पुरानो ढर्राबाट खेती गर्दा केही फाइदा छैन। नविनतम सोच र प्रणालीको प्रयोग बढाउन सक्नुपर्छ।'


     


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.