इथोपियामा संकटकाल घोषणा

इथोपियामा संकटकाल घोषणा

एडिस अबाबा : इथोपिया सरकारले ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ । टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) विद्रोहीले राजधानी एडिस अबाबातर्फ कब्जा गर्दै अघि बढेपछि संकटकाल लगाइएको हो ।

प्रधानमन्त्री अबी अहमदले जनतालाई टीपीएलएफविरुद्ध जनतालाई संघर्ष गर्न आग्रह गरेको दुई दिनपछि संकटकाल घोषणा गरिएको रोयटर्सले जनाएको छ । 

मंगलबार बिहानै अधिकारीहरूले राजधानीबासीलाई सशस्त्र प्रतिरोधका लागि तयार रहन आग्रह गरेको थियो ।

‘हाम्रो मुलुकले अस्तित्व, सार्वभौमिकता तथा एकताको गम्भीर खतरा भोगिरहेको छ’, राष्ट्रिय सञ्चारको ब्रिफिङमा न्यायमन्त्री जेडिओन टिमोथवोसले भनेका छन्, ‘यो खतरा सामान्य कानुनी प्रणालीबाट टार्न सक्दैनौँ ।’

अगस्ट २०२० मा तय भएको आम निर्वाचन कोभिड माहामारीका कारण २०२१ मा सारिएपछि त्यसको विरोध गर्दै टीपीएलएफले टिग्रे क्षेत्रमा सेप्टेम्बर २०२० मा चुनाव गरेको थियो । सो चुनावलाई अवैध भन्दै संघीय सरकारले खारेज गरेपछि विवाद झन चर्किएको थियो । 

सोही विवाद अहिले हिंसात्मक संघर्षमा बदलिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.