तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा निषेध

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा निषेध

काबुल : तालिवानको अन्तरिम सरकारले अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा निषेध गरेको छ। बढ्दो आर्थिक संकटका बाबजुद तालिवानले विदेशी मुद्रा प्रयोगमा निषेध गरेको हो। 

‘आर्थिक अवस्था र राष्ट्रिय हितको लागि अफगानिस्तानमा विदेशी मुद्रा निषेध गरिएको छ। त्यसैले अफगान नागरिक, व्यापार व्यवसायी, सरकारी र गैरसरकारी निकाय सबैले आफ्नो हरेक व्यापार व्यवसाय र कारोबारमा अफगान मुद्रा मात्र प्रयोग गर्नेछन्’ तालिवानले विज्ञप्ति जारी गर्दै भनेको छ। 

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा लगाइएको प्रतिबन्ध कसैले उल्लंघन गरेमा कानुनी कारबाही गरिने विज्ञप्तिमार्फत उल्लेख गरिएको छ। तालिवानको अफगानिस्तान कब्जापछि अन्तर्राष्ट्रिय निकायहरुले आर्थिक सहयोग फिर्ता गर्दा त्यहाँको अर्थतन्त्र कमजोर बन्दै गएको छ। अफगानिस्तानको बजार, सीमा क्षेत्र र व्यापारिक नाकामा अमेरिकी डलर व्यापक रुपमा प्रयोग हुँदै आएको छ। अफगानिस्तानमा युरो, पाउन्डलगायत अन्य विदेशी मुद्रा समेत प्रयोग हुँदै आएका छन्। 

विदेशी मुद्रा प्रयोगमा तालिवानले लगाएको प्रतिबन्धपछि त्यहाँको अर्थतन्त्र झनै खस्कने बताइएको छ। 

-बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.