काभ्रेमा वैकल्पिक सडक निर्माण

काभ्रेमा वैकल्पिक सडक निर्माण

बेनी : बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा पहिरोले क्षति पुर्याएको ठाउँमा डाइभर्सन (वैकल्पिक) सडक निर्माण भएको छ। बेनी-जोमसोम-कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा वैकल्पिक सडक बनाएको हो। 

आयोजना प्रमुख जगत प्रजापतिले यसअघि बनाइएको सडक भासिएर साँघुरिदा सवारी साधन आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले नयाँ मार्ग खोलिएको बताए। 

‘करिव २०० मिटर नयाँ मार्ग खोलेर डाइभर्सन बनाइएको हो,’ उनले भने ‘सडकमा गाडीको जाम, आवतजावत प्रभावित र दुर्घटनाको जोखिम हटेको छ।’ ठेकेदार कम्पनी शर्मा-गजुरमुखीको दुई वटा स्काभेटर र एक वटा व्याकुहोलोडर परिचालन गरिएको थियो।

भासिएको भन्दा माथितर्फ नयाँ सडक निर्माण भएपछि साँघुरो र उकालो सडकमा गाडी फसेर यात्रु घन्टाै‌‍ जाम बस्नुपर्ने समस्या हटेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। 

दैनिक दश घन्टा सवारी साधनको आवतजावत बन्द गरेर वैकल्पिक सडक निर्माण गरिएको हो। काभ्रे खण्डमा वैकल्पिक सडक बनेपछि बेनी-जोमसोम सडकमा यातायात सञ्चालन सहज भएको छ। 

जाम र सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई सास्ती भएको थियो। स्तरोन्नतिको क्रममा रहेको ७६ किलोमिटर दुरीको सडकको अन्य ठाउँमा सहज रुपमा सवारी आवतजावत भइरहेका छन्। 

आगामी चैत महिनाभित्र कालोपत्रे गरिसक्ने लक्ष्यसहित निर्माण व्यवसायीलाई काममा परिचालन हुन निर्देशन दिएको आयोजना प्रमुख प्रजापतिले बताए। गलेश्वरमा करिव एक किलोमिटर र राहुघाटदेखि बेगखोला सम्मको ६ किलोमिटर सडक कालोपत्रेको तयारी अवस्थामा छ। 

पहिलो प्याकेजको गलेश्वर-भुरुङ तातोपानी खण्डको बेगखोला–भुरुङ्ग तातोपानी खण्डको सडक विस्तार अन्तिम चरणमा पुगेको छ। भुरुङ्ग–तातोपानी–कैकुखोला दोस्रो प्याकेजको काभ्रेभिर, रुप्से, काभ्रे, घोप्टेभिर बाहेकको ठाउँको सडक पनि कालोपत्रेको तयारीमा छ। 

कैकुखोला-खन्ती खण्ड कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। खन्ती–देखी जोमसोम खण्डको चौँथो प्याकेजको सडक कालोपत्रेको तयारीमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.