विदेशबाट फर्कनेलाई लुट्ने पक्राउ

विदेशबाट फर्कनेलाई लुट्ने पक्राउ

काठमाडौं : विदेशबाट फर्कने यात्रुलाई ट्याक्सीको पिछा गरी तथा बाटो ढुकी लुट्ने दुईजना पक्राउ परेका छन्। वैदेशिक रोजगारबाट फर्किएकालाई लुट्ने मिलन काप्री र युवराज कुवर प्रकाउ परेका हुन्। 

काठमाडौं चुच्चेपाटी बस्ने ३० वर्षीय काप्री र दाङ  घोराही घर भइ हाल काठमाडौं नेपालटार बस्ने २५ वर्षीय कुवर गौशाला क्षेत्रबाट प्रक्राउ परेका हुन्। 
चाडपर्वको बेलामा चोरी, डकैती तथा लुटपाट बढी हुने गर्छ। विदेशबाट फर्कने यात्रुहरु एयरपोर्ट, गौशाला, सिनामंगल  क्षेत्रमा लुटपाटमा पर्ने गरेको सुचना प्रहरीले पाएको थियो। लुटेरा प्रकाउको लागि महानगरीय परिसर काठमाडौं वृत्त गौशालाको विशेष टोली परिचालन भएको थियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतका अनुसार कतार दुबइ, मलेशिया लगायतका देशबाट फर्कने यात्रुलाई टार्गेट गरेर लुटेरा समुह सक्रिय भएका थिए। यस क्रममा यही कार्तिक ११ गते राती ११:३० बजे कतारबाट आएका एक यात्रु ट्याक्सी चढी दाइको कोठामा जाने क्रममा सिनामंगल कार्गो मैदान अगाडि दुईवटा मोटरसाइकलले बाटो छेकी लुटेका थिए। 

उनीहरुले ती व्यक्तिको साथबाट २ वटा मोबाइल, ६०० कतार रियाल, र २५ ग्रामको सुनको औंठी लुटेर फरार भएका थिए। फरार भएका लुटेरालाई मोबाइल र मोटरसाइकल सहित प्रहरीले प्रक्राउ गरेको हो। उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.