एकीकरणमा हिलिहाङ

एकीकरणमा हिलिहाङ

नेपाल एकीकरणका अभियन्ता बडामहाराजधिराज पृथ्वीनारायण शाहका समकालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङ हुन्। दुईबीच पटकपटक १७औं पटकसम्म युद्ध भएता पनि एकापसमा हारजित नभएपछि अन्त्यमा दुवै राजा पृथ्वी (गोर्खाली र हिलिहाङ) लिम्बुवानबीच १८३१ मा दूरदर्शी सम्झौता भयो। जसकारण वर्तमान विशाल नेपालको नक्सा कोरिन सफल भएको थियो। जुन सम्झौतामा हाङ हिलिहाङले बढी सहजीकरण गरी स्थानीय स्वतः अधिकारसहित गोर्खालीलाई केन्द्रीय सरकार मान्ने र परस्पर गोर्खाली दाजु र लिम्बुवान भाइ भए। तिब्बत तथा सिक्किमबाट सम्भावित आक्रमणलाई रोक्न संयुक्त सैन्य दस्ता खडा गरी लड्नेजस्तो ऐतिहासिक सम्झौता भयो। जुन सम्झौता भएपश्चात् विशाल राज्य नेपालको नक्सा तयार बनाएका राष्ट्रनिर्माता योद्धाहरूको स्मरण गर्दै जानु र लानु नेपालीको कर्तव्य र अधिकार हो भन्ने बुझ्न सके सुनमा सुगन्ध हुनेछ।

विशाल नेपाल बन्नलाई विभिन्न कालखण्डमा विभिन्न पर्व तथा कोतपर्वहरू नभएको होइन। तर, कुन इतिहासमा महत्वपूर्ण र सम्झनलायक छ त! हामीले हेक्का राख्दै सबै सबै जाति वर्गहरूको उनीहरूको पुर्खा वीरसित इतिहास, सभ्यता, संस्कार–संस्कृतिहरू राज्यले भाइमारा हिसाबले हेरिनु हुँदैन। एकतामा विविधताले भरिपूर्ण परिकल्पित गरी दुवै राजा पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङले दूरदर्शी सम्झौता गरी नासोको रूपमा हामी सारा नेपालीलाई छाडेर गए। नेपाल एकीकरण गर्ने सन्दर्भमा पृथ्वीनारायण शाहले सा–साना टुक्रे राज्यहरूलाई राजनीतिक रणनीतिक र कूटनीतिक हिसाबले साना ठूला हजारौं खेस्रा सम्झौता सेनकालीनबाट सुरु गरी पूर्वपश्चिम उत्तर दक्षिण सानासाना राजा रजौटाहरूलाई गाभ्दै विशाल नेपालको परिकल्पना अभियानमा लागेका थिए।

इतिहासमा उनको गुनगान तथा गाथाहरू साना ठूला सबै नेपालीले शिरोधर गर्नुपर्छ। उनले विशाल नेपालको परिकल्पना नगरेको भए। आज पनि हामी सानासाना थुम्के राजा मानसिकताबाट बाहिर निस्कने अवस्था रहन्नथ्यो सायद। हाङ हिलिहाङ योङहाङले लिम्बुवानको तर्फबाट सहजीकरण र नेतृत्व गरेका थिए। त्यो सम्झौता लालमोहर एक कालखण्डको एक ऐतिहासिक दस्तावेज बनेर बसेको छ। र त्यो लालमोहर अहिले ब्रिटिसको लाइब्रेरीमा सुरक्षित छ। त्यसको फोटोकपी जताततै हेर्न र पढ्न सकिन्छ। इतिहास भनेको जिउँदो दस्तावेज हो। सहअस्तित्वको आधार हो, जिउने बोल्ने चिनारीको माध्यम हो। त्यसैले इतिहास बुझ्न बुझाउन पर्छ। लेखिनु, लेखाउनु र सुन्नु, सुनाउनु पर्छ। इतिहासबिनाको देश, समाज र जाति अन्य अगाडि जिउँदो भएर प्रस्तुत हुने एक अनुशासनको कडीसँगै विद्यमान र त्यो जातिको संविधान पनि हो। देश सिमाना हो। राज्य भूगोलभित्रको अनेकतामा एकता हो भने मुलुक भनेको त्यहाँभित्र रहेका सबै जाति वर्ग समुदायको धर्मकर्म गरी जिउने सद्भाव देखाउने आधार माध्यम हो। नेपाल बहुसांस्कृतिक बहुभाषिक र बहुधार्मिक भएको हुनाले एकसूत्र मालामा बाँधिने माध्यम पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङबीचको सम्झौता दस्तावेजले सधंैभरि विशाल नेपाल परिकल्पना गरेको देखिन्छ।

सयौं टुक्रा राज्य एकीकृत गराउने शाहको अभियानमा लिम्बुवान हिलिहाङले पनि ठूलो भूमिका खेलेका थिए। जुन सपना साकार पार्न दुवै गोर्खाली र लिम्बुवानको अहं भूमिका रहेको नेपालको इतिहासमा छ। दुवैको इच्छा आकांक्षा र चाहना विशाल नेपालको परिकल्पना साकार बनाए। जसले सगौरव एक स्वतन्त्र राज्यका नागरिक हुन पाएका छौं। उनीहरूलाई सदैव नेपाली जनताले मन मस्तिष्कमा राखी रहनेछन्÷सम्झी रहनेछन्। गोर्खाली र लिम्बुवान सम्झौता कहाँ ? कसरी ? भएको थियो भन्ने सन्दर्भमा प्रा.डा. नारायणप्रसाद संग्रौलाद्वारा लेखिएको ‘पल्लो किरात किपट व्यवस्था’ नामक पुस्तकमा छ। हर्कबहादुर योङहाङद्वारा लिखित ‘हिलिहाङ इन द हिस्ट्री अफ नेपाल’ नामक पुस्तकमा समेत मिहिन ढंगले व्याख्या गरिएको छ।

हाङ हिलिहाङ योङहाङको दरबार पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा पर्छ। जुन गाउँपालिका उनैको स्मृतिमा गाउँपालिका बनाइएको छ। जसरी राज्यले गोर्खा दरबारलाई हेरेको छ। उसैगरी हिलिहाङ दरबारलाई पनि हेरिनुपर्छ भन्ने माग सम्बोधन भएकाले नेपालभित्र रहेका सबै पुरातात्िवक महत्वका दरबार, मठमन्दिर र सम्पदाहरू कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्न। सोही मान्यता र सिद्धान्त हिलिहाङ फाउन्डेसनले जोडदार माग गर्दै आएको छ। हिलिहाङ दरबारलाई पनि सम्बोधन गरी केन्द्रीय बजेट विनियोजन हुन थालेको छ। यो सकारात्मक मान्नुपर्छ। हाम्रा सम्पदाहरू जीवित रहे र इतिहास जीवित रहे देश र जनता पनि जीवित रहनेछौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.