अमेरिकी मेयरले मनाइन् कुकर तिहार

अमेरिकी मेयरले मनाइन् कुकर तिहार

अमेरिकाः  अमेरिकी नागरिकले कुकुर तिहार मनाएका छन् । टेक्सासको युलेस सिटीकी मेयर लिण्डा मार्टिनले कुकुरलाई टिका र माला लगाएर तिहार मनाइन् । एनिमल सर्भिस सेन्टरमा विहीबार आयोजित कार्यक्रममा मार्टिन सहभागि भएकी थिइन् ।

नेपालीको परम्परामा सहभागि हुन पाउँदा पाउदा खुसी लागेको उनको भनाइ थियो । सेन्टरमा पालिएका कुकुरहरूलाई अन्य अमेरिकन र नेपाली समुदायका प्रतिनिधिले फुलमाला लगाईदिएका थिए । साे अवसरमा शुभकामना आदानप्रदान गिरएकाे िथयाे । 
नेपाली मौलिक चाडपर्वलाई विश्वमाझ चिनाउन कार्यक्रमको आयोजना गरिएको युलेसमा बस्दै आएका समाजसेवी हरि बिष्टले बताए । ‘नेपालीबिचमा भाईचारा कायम राख्ने साथै नयाँ पुस्ताले हाम्रो धर्मसंस्कृती र परम्परा नबिर्सिउन् भन्ने उद्देश्यले कार्यक्रम गरिरहनछौं,’ विष्टले भने, ‘विदेशीहरूसमेत हाम्रो कार्यक्रममा उत्साहित हुँदै सहभागि हुन्छन् ।’ 

एनिमल सर्भिस सेन्टरले समस्यामा परेका र बेवारिसे कुकुरको व्यवस्थापन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.