सयपत्रीले ढकमक्क भलामचौर (फोटोफिचर)

सयपत्रीले ढकमक्क भलामचौर (फोटोफिचर)

बेसीसहर : वरिपरी सेता हिमाल। गुचुमुच्च परेका सुन्दर घरहरु । बारीमा लहलह फलेका धानबालीसँगै टनेलमा फलेका तरकारी र फूलखेतीले पर्यटकीय गाउँ भलामचौरको सुन्दरता झनै बढाएको छ ।  मस्र्याङ्दी गाउँपालिका-९ मा पर्ने पर्यटकीय गाउँ भलामचौरमा गरिएको सयपत्री फूलखेतीले आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढाएको हो । 

सितेबा ग्रुप अफ कम्पनीले स्थानीयसँग मिलेर भलामचौर गाउँमा तरकारी खेतीसँगै फूलखेती गरेको हो । तिहारको समयमा स्थानीय बजारमा भारतबाट फूल आयात हुनेगर्छ । स्थानीयस्तरमा हुने फूलखेतीले जिल्लामा भारतीय फूलको आयात विस्थापन गर्न सहयोग पुग्ने सितेबा ग्रुप अफ कम्पनीका अध्यक्ष एवं कलाकार मधुसुधन पाठकले बताए ।

फूलखेतीले आम्दानीसँगै पर्यटक आगमन पनि बढाएको छ । फुलबारी घुम्न र फोटो खिच्न पर्यटकहरु आउने गरेका छन् । हिमालको काखमुनी गरिएको तरकारी र फूलखेतीले झनै सुन्दरता बढाएको नुवाकोटबाट आएका पर्यटक विकल्प पाठक बताउँछन् ।

तरकारी र अन्य खाध्यबाली भन्दा फूलखेतीमा कम लगानी र बढी आम्दानी गर्न सकिने कृषि विज्ञहरु बताउँछन् । अन्य बालीसँगै फूलखेती पनि गर्नसके किसानले बजारको समस्या भोग्नु नपर्ने कृषि विज्ञ कृष्ण कृष्ण न्यौपानेले बताए । 

तिहारबाहेक पर्यटकीय गाउँमा पर्यटकको स्वागत र विदाइका लागि पनि फूल र मालाको प्रयोग गरिन्छ । गाउँमा आउने पर्यटकलाई फूलको मालाले स्वागत र विदाइ गर्ने गरिएको भलामचौर मृचे होमस्टे सञ्चालक समितिको अध्यक्ष लु कुमारी गुरुङले बताइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.