जाजरकोटमा मिनी ट्रक दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते

जाजरकोटमा मिनी ट्रक दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते

जाजरकोट : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतबाट जाजरकोटको जुनीचाँदे गाँउपालिकातर्फ जाँदै गरेको बा.५ छ २५०१ नम्बरको मिनी ट्रक बिहीबार राती ११ बजे जाजरकोटको छेडागाड नगरपालिका- १ ध्यापुटाकुरामा दुर्घटना भएको हो। 

दुर्घटनामा परी जाजरकोट जुनीचाँदे गाँउपालिका-२ निवासी २६ वर्षीय डिलबहादुर शाही र १४ वर्षीय पारस सिंहको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते आठमध्ये सात जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ। जुनीचाँदे-११ का नविन सिंह र जुनीचाँदे-९ का धनबहादुर शाही गम्भीर घाइते छन्। अन्यको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए। 

रातीको समय भएको तत्काल उद्धार गर्न कठिन भएको थियो। बाटो अफ्ठयारो भएकोले मोडमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको अनुमान छ। मिनी ट्रक करिब तीन सय मिटर तल खसेको थियो। गाडीमा खाद्यान्न लगायतको समान पनि थियो। लोड धेरै भएकोले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। चाडवाडको समयमा गाडी नपाएका कारण ति मानिसहरु मिनी ट्रकमा कोचिएर बसेका थिए। तिहार मनाउन घर जान थालेका उनीहरु दुर्घटनामा परेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.