बालगृहमा सामूहिक भाइटीका
म्याग्दीः बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटीका लगाएका छन् । ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो ।
तिहारका अनाथ बालबालिकाहरू निराश नबनुन् भनेर सामूहिक भाइटीका कार्यक्रम गरेको संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए । यहाँ हाल ११ बालबालिका आश्रित छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहले अभिभावकबिहीन बालबालिकालाई आश्रयसहित माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।
सङ्गठनका अध्यक्ष राजेश शाक्यले भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गरिदिएकोमा ‘उई केयर एण्ड लभ’ लाई धन्यवाद दिए ।