बर्दियाको क्रिकेट टीम घोषणा
![बर्दियाको क्रिकेट टीम घोषणा](https://annapurnapost.prixacdn.net/media/albums/Kheladi-edit_20211106092714_soxAfh2kfP.jpg)
गुलरियाः वाई–वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बर्दियाबाट लुम्विनी प्रदेसस्तरीय प्रतियोगिता खेल्ने टीम छनौट गरिएको छ । प्रशिक्षक र व्यवस्थापकसहित २० सदस्यीय टोली घोषणा गरिएको क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताए ।
अध्यक्ष राजभण्डारीका अनुसार सौरभ चौधरी, कुशल शाही, सत्यम घर्ती र नितिन यादव वैकल्पिक खेलाडीमा परे । प्रदेसस्तरीय प्रतियोगिताबाट छनौटमा परेका खेलाडीले मात्रै राष्ट्रिय प्रतियोगिता खेल्न पाउँनेछन् । क्रिकेटका राम्रा खेलाडीहरु भएपनि मैदान नहुँदा खेल गतिविधि गर्न समस्या भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)