कोभिड वार्डमा आगलागी हुँदा १० बिरामीको मृत्यु

कोभिड वार्डमा आगलागी हुँदा १० बिरामीको मृत्यु

अहमदनगर : भारतको महाराष्ट्र राज्यस्थित अहमदनगर सिभिल अस्पतालको सघन कक्षमा आगलागी हुँदा १० जना कोभिडका बिरामीको मृत्यु भएको छ। अन्य सात जना बिरामी घाइते भएका छन्। 

सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जना खतरामुक्त रहेको टाइम्स अफ  इन्डियामा समाचार छ। अस्पतालको पहिलो र दोस्रो तत्लामा आगलागी भएको थियो। अस्पतालको पहिलो तल्लामा १७ जना कोभिडका बिरामी उपचारत थिए। 

विद्युत शट भई अगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अगलागीको कारणबारे थप अनुसन्धन भइरहेको एनडीटीभीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.