इराकका प्रधानमन्त्रीमाथि ड्रोन हमला

इराकका प्रधानमन्त्रीमाथि ड्रोन हमला

इराक : इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीलाई लक्षित गर्दै ड्रोन हमला भएको छ। विष्फोटक पदार्थले भरिएको ड्रोनबाट उनीमाथि आक्रमण भएको थियो।

ड्रोन हमलाबाट आफ्नो प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ। बगदादमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच शुक्रबार भएको भीडन्त पछिको अवस्था बुझेर फर्कदै गर्दा उनीमाथि ड्रोन आक्रमण गरिएको हो। शुक्रबार इरान समर्थक मिलिसिया र इराकी सुरक्षाकर्मीबीच भिडन्त भएको थियो। जसमा कम्तिमा एक जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए।

उनको निवास नजिकै थुप्रै सरकारी कार्यालय र कुटनीतिक नियोकका कार्यालयहरु छन्। इरानी प्रधानमन्त्री काधिमी आफ्नो निवास छिर्दै गर्दा उनी माथि आक्रमण भएको थियो। प्रधानमन्त्री काधिमी सुरक्षित छन् तर उनको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीहरु घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ। 

घटनालगत्तै इरानी प्रधानमन्त्री काधिमीले ट्वीट गरी घटनाको बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री काधिमीले भगवानलाई धन्यवाद दिँदै सबैलाई शान्त र संयम रहन आग्रह गरेको सीएनएनले उल्लेख गरेको छ।  सो घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन। इराकी प्रधानमन्त्रीमाथि भएको आक्रमणको निन्दा गर्दै अमेरिकी विदेश मन्त्रालयले आइतबार विज्ञप्ति निकालेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.