घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो
दाङः सल्यान बस दुर्घटनाका घाइतेमध्ये ४ जनालाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको छ । जसमा १ बालक पनि छन् । गम्भीर घाइते तीनजनालाई पनि तत्कालै काठमाडौं लैजाने तयारी भएको छ।
अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सल्यानको खलंगादेखि दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १९ घाइते छन् ।
तीव्र गतिका कारण बस दुर्घटना भएको सल्यान प्रहरीले जनाएको छ।