चेन्नईमा भीषण वर्षा : स्कूल, कलेज र सरकारी कार्यालय बन्द

चेन्नईमा भीषण वर्षा : स्कूल, कलेज र सरकारी कार्यालय बन्द

काठमाडौं : भारतको चेन्नईमा अविरल वर्षा पछिको बाढीले जनजीवन प्रभावित पारेको छ। चेन्नई लगायतका स्थानमा सोमबार पनि भारी वर्षा भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। 

निरन्तरको वर्षापछि त्यहाँका विद्यालय र क्याम्पसहरु बन्द भएका छन्। सोमबार र मंगलबार चेन्नाई र त्यस पासपासका शैक्षिक संस्थाहरु बन्द हुनेछन्। चेन्नाइमा अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालयहरु सोमबार बन्द रहने टाइम्स अफ इन्डियामा खबर छ। भारतीय मौसम विभाले चेन्नईलगायत तमिलनाडु र त्यस आसपासका क्षेत्रमा सोमबार दिनभर भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

तामिलनाडु प्रान्तमा भारी वर्षा भएको छ। वर्षाका कारण डुबान भएपछि चार जिल्लाका विद्यालयहरू कम्तिमा दुई दिनका लागि बन्द गरिएका छन्।

मौसम पूर्वानुमान विभागले तामिलनाडुमा बंगालको खाँडीमा चक्रपात सञ्चारका कारण अझै भारी वर्षा हुने अनुमान गरेको छ। पछिल्लो समय जलवायु परिवर्तनसँगै विश्वको मौसममा असामान्य परिवर्तन हुने गरेको छ। हालसालै नेपालमा पनि बेमौसमी भारी वर्षाका कारण ठूलो धनजनको क्षति गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.