तोकिएको मितिमा महाधिवेशन नभए विद्रोह हुन्छ : नेता सिंह

तोकिएको मितिमा महाधिवेशन नभए विद्रोह हुन्छ : नेता सिंह

सिन्धुली : नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न नभए विद्रोह हुने बताएका छन्। नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको आमाको निधनप्रति दुःख व्यक्त गर्न सोमबार सिन्धुलीको रानीबासमा आएका नेता सिंहले कार्यकर्ता भेलालाई सम्वोधन गर्दै आफ्नो धारणा राखेका हुन्।

सिंहले भने, ‘पटक-पटक तिथीमिति तोक्ने, अनि फेरि परिवर्तन गर्ने। यसले धेरैलाई शंका भएको छ। तोकिएको मितिमा पुलिसको घेरा तोडेर भएपनि महाधिवेशन सम्पन्न गरिन्छ। अन्यथा पार्टीभित्र ठुलो विद्रोह हुन्छ।’

विधि र नियमलाई एकातिर पन्छाएर काम गर्दा नेपाली कांग्रेस कमजोर भएको उल्लेख गर्दै नेता सिंहले संस्थागत रुपमा पार्टीलाई हाँक्न सक्ने नेतृत्वलाई महाधिवेशनले छनौट गर्ने बताए। 

नेपाली कांग्रेसलाई विधि र चरित्र अनुसार हाक्न नसक्दा थुप्रै वेथिती आएको भन्दै आगामी महाधिवेशनको लागि आफू सभापतिको योग्य उमेद्वार भएको पनि सिंहको दावी थियो।

‘त्यो गर्न नसकिए आउँदा दिनहरु नेपाली कांग्रेसलाई धेरै अप्ठेरो हुनेछ। १३ औं महाधिवेशनपछि नेपाली कांग्रेस कमजोर भएको छ। म पार्टी सभापतिको उमेद्वार हुँ, आउँदो निर्वाचन हाक्नसक्ने क्षेमता मसँग छ। हामीले स्वच्छ छवी भएको र अवसर पाउँदा काम गरेको नेतालाई वडा तहदेखि केन्द्रसम्म छान्नुपर्ने अवस्था पनि छ, तपाईहरुले सहयोग गर्नुपर्छ,’ सिंहले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.