बेलारुस सिमानामा पोल्याण्डले रोक्यो सयौँ आप्रवासी, थप हजारौँ सुरक्षाकर्मी तैनाथ
वार्स : पोल्याण्डले आफ्नो मुलुक प्रवेश गर्न खोज्ने सयौँ आप्रवासी र शरणार्थीलाई बेलारुस सिमानामा रोकेको छ। पोल्याण्डले रोकेपछि ती आप्रवासीले जबरजस्ती प्रवेश गर्न खोजेका थिए।
पोल्याण्ड प्रवेश गर्न खोज्ने हजारौँ आप्रवासी तथा शरणार्थीहरू बेलारुसबाट आउँदै गरेको पोल्याण्डले जनाएको छ। सो समूहलाई रोक्न थप सुरक्षाकर्मी परिचालन गरिएको पोल्याण्डले बताएको समाचार अलजजिरामा छ।
सिमानामा आप्रवासीहरू पोल्याण्ड प्रवेश गर्न खोज्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थिया। भिडियोमा कतिपयले तारघेरा काटिरहेको देखिएको छ।
पोल्याण्ड प्रवेश गर्न खोज्ने मध्य पूर्वी र अफ्रिकाका आप्रवासी रहेका छन्। उनीहरूलाई बेलारुसले जबरजस्ती पोल्याण्ड, लिथुआनिया र लाटिभालगायतका मुलुक प्रवेश गर्न उक्साएको युरोपियन युनियनले आरोप लगाएको छ। उसले लामो समयदेखि बेलारुसलाई पश्चिमा मुलकले लगाएको प्रतिबन्धको बदला लिन त्यसो गरेको आरोप लगाएको हो।