किसानबाटै सखर उत्पादन (तस्बिरसहित)

किसानबाटै सखर उत्पादन (तस्बिरसहित)

जनकपुरधाम : चिनी उद्योगको मनोमानीले आजित बनेका किसानले उखु पेलेर सखर (मिठा) बनाउन थालेका छन्। नगदे बालीको रूपमा किसानले रोजेको उखु चिनी उद्योगलाई दिँदा अनेकन समस्या आयो। त्यसपछि किसानले राम्रो बजार भाउ पाउन छठअगावै कोल्हु उद्योगमा मिठा पेल्न थालेका हुन्। उखुबाट गुलियो सखर‘मिठा’ बनाउने उद्योगलाई स्थानीय भाषामा ‘कोल्हु’ भनिन्छ। 

‘गाउँतिरको कोल्हु उद्योगले उखु किन्ने तथा किसान स्वयंले पनि उखु पेल्न थालेपछि किसान र मिठा उद्योग दुवै बाँचेका छन्’ महोत्तरी गौशाला–१ रामनगरका किसान हरिश्चन्द्र महतोले भने, ‘चिनी उद्योगले बेलैमा उखु किनिदिँदैन, किने पनि पैसा लिन धौ–धौ। त्यसैले छठको महिना दिनअगावै मिठा पेलेर नगद आम्दानीसँगै तेलहन र दलहन बाली लगाउने गरेका छौं।’  

उखु कटानी, ढुवानीमा खट्ने मानिस भएका किसानले मात्र रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा उखु लैजाने गरेको सोनमा गाउँपालिकाका उखु किसान बर्खु यादवले बताए। उखु खेती ५० प्रतिशतले घटेको बताउँदै यादवले भने, ‘पहिले बिघामा हुन्थ्यो अहिले कट्ठामा सीमित भएको छ।’ 

झन्डै ६ बिघामा खेती गर्दै आएका रामनगरका किसान दीपेन्द्र महतोले अघिल्लो वर्ष उखु खेती घटाएर तीन बिघामा झारेको बताए। ‘पोहोर–परार चिनी कारखानाले उखुको मूल्य तोकेर पनि पैसा लिन वर्षौं झुलायो। त्यसैले अहिले धान र तेलहन–दलहन खेती गरिरहेको छु’, उनले भने। 

ठूला किसानलाई उखु पेलेर सखर बनाउन सम्भव छैन। तर ‘कोल्हु’ उद्योगले उखु किनिदिने हुनाले साना किसान भने टिकिरहेका छन्। रामनगरको एउटा सखर उद्योगले त्यस्ता किसानको उखु किनिदिने गरेको छ। महोत्तरीका करिब दुई दर्जन कोल्हुबाट बर्सेनि हजारौं क्विन्टल मिठा उत्पादन हुने गरेको छ।

‘प्रतिदिन ७५ देखि १०० क्विन्टल उखु मैले यहाँ पेल्ने गरेको छु,’ महोत्तरी गौशाला–४ का मिठा उत्पादक किशोरी साहले भने, ‘१० जना काम गर्ने मानिसले यो धानिरहेका छन्।’ 
किसानबाट झन्डै ५ देखि साढे ५ सय प्रतिक्विन्टल भाउमा उखु किन्ने गरेका छन्। उखु किसानका लागि कोल्हु उद्योग एक सहारा बनेको छ। चिनी मिलसम्म उखु ढुवानी गरेर लैजानुभन्दा गाउँघरमै भएका क्रसरमा उखु बेच्नु फाइदाजनक हुने सखर उद्यमी मो. जुमराती अन्सारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.