भारतको बाल अस्पतालमा आगलागी हुँदा ४ नवजात शिशुको मृत्यु

भारतको बाल अस्पतालमा आगलागी हुँदा ४ नवजात शिशुको मृत्यु

मध्य प्रदेश : भारतको मध्य प्रदेश राज्यस्थित भोपालमा अवस्थित कम्ला नेहरु बाल अस्पतालमा भीषण आगलागी भएको छ । आगलागीमा परि ४ नवजात शिशुको मृत्यु भएको छ भने ३६ शिशुको उद्धार गरिएको छ । 

आगलागी सोमबार राति १२ बजे भएको थियो । आगलागीको ठोस कारण खुल्न नसकेपनि विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी अस्पतालका नर्स र डाक्टरले नै गरेको हुनसक्ने भन्दै पीडित परिवार आक्रोसित बनेको भारतीय सञ्चारमाध्यममा खबर छ ।

मध्ये प्रदेशका मुख्य मन्त्री सिवराज सिंह चौहानले सो घटना दु:खद भएको बताउँदै पीडित परिवारलाई जनही ४ लाख भारु दिने घोषणा गरेका छन् । यसअघि गत आइतबार महाराष्ट्र राज्यको अस्पतालमा आगलागी हुँदा कोभिड आइसीयुमा उपचाररत ११ बिरामीको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.