ब्रह्माको मानसपुत्री छठदेवी !

ब्रह्माको मानसपुत्री छठदेवी !

भगवान् सूर्यनारायणको हाम्रै धर्मग्रन्थहरूमा प्रत्यक्ष देवता भनी वर्णित छ। सूर्य पृथ्वीको संरक्षक देवता हुन्। पृथ्वीमा समस्त प्राणी र रुख–बिरुवाको जीवन प्रदान गर्ने सूर्य हुन्। सूर्यबिना कुनै पनि जीवनको कल्पना गर्न सकिँदैन। सूर्यप्रति आस्था प्रकट गर्नेहरूका लागि सूर्य अर्थात् षष्ठीको व्रत गरिन्छ। नेपालमा छठ माताको पूजाको नामबाट यो ब्रत प्रचलित छ। सूर्यको पूजा विभिन्न नामबाट संसारका प्रायः सबै देशमा 

प्राचीनकालदेखि नै हँुदै आएको छ। प्राचीन बेबीलोनिया, रोम, युनान, जापान, इन्डोनेसिया, जावा, सुमात्रा र भारतमै पनि सूर्यको पूजाअर्चनाको प्रचलन छ।

छठ पर्वमा सूर्यको पूजा प्रमुख हुन्छ। सूर्यमा निहित प्रबल रोगनाशक शक्तिबाट प्रेरित भएर उपासना गरिने ऋग्वेदमा छ। सूर्यसँग सम्बन्धित भएकाले सूर्यको बिहानपख र बेलुकीपखको प्रकाशमा रोगका कीटाणु र जीवाणुहरूलाई संहार गर्ने शक्ति हुन्छ। चर्मरोग निर्मूल हुन्छ भने कतिपय रोगको शमन एवं दमन हुने जनविश्वास छ। अहिलेको वैज्ञानिक खोजबाट पनि यो कुरा प्रमाणित भइसकेको पाइन्छ। यो व्रत मानव र जीवजन्तुबीच सन्तुलन कायम राख्नेको पर्व नै हो। मानवीय जीवनलाई कष्टबाट बचाउन पनि छठ मनाइन्छ। आज मानव र जीवजन्तुको विनाश भइरहेको छ। अहिले सन् १९७० पछि २०१६ सम्म पृथ्वीमा ७० प्रतिशत जीवजन्तुमा कमी आएको छ। यस्तो स्थितिबाट बचाउन पनि यो व्रतको छ।

मार्कण्डेय पुराणमा यस कुराको उल्लेख भेटिन्छ कि सृष्टिको अधिष्ठात्री प्रकृति देवीले आफूलाई छ भागमा विभाजित गरेकी छन्। उहाँको छैटौं अंश उत्कृष्ट मातृदेवीका रूपमा मानिन्छ जसलाई ब्रह्माको मानसपुत्री भनिन्छ। छठी देवीले पृथ्वी र प्राणी मात्रको रक्षा गर्ने छन्। शिशु जन्मिएको ६ दिनपछि उही देवीको पूजा हुन्छ। उनै देवीसँग बच्चाहरूको स्वस्थ र दीर्घायुका लागि प्रार्थना गरिन्छ। सूर्य पुराणमा वर्णन गरिएअनुसार कार्तिक मासको शुक्लपक्षको षष्ठीको दिन छठी देवीको पूजा गर्ने गरिन्छ। पुराणअनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठको व्रत लिएकी थिइन्। अटल सौभाग्य र पतिको प्रेम प्राप्त होस् भन्ने उद्देश्यले उनले छठ व्रत लिएकी थिइन् भन्ने भनाइ छ। त्यही दिनदेखि छठ पर्व मनाउन सुरु भएको हो। द्वापर युगमा महाभारतमा पाण्डवहरू अज्ञात वासमा जाँदा द्रौपदीले आफूहरूको अज्ञातवास सफल होस् भनी कामना गरी सूर्यदेवलाई आराधना गर्दै छठ व्रत गरेकी थिइन्।

नेपालमा छठ माताको पूजाको नामबाट यो ब्रत प्रचलित छ। सूर्यको पूजा विभिन्न नामबाट संसारका प्रायः सबै देशमा प्राचीनकालदेखि नै हुँदै आएको छ।

छठ पर्व सामूहिक पर्व हो। श्रद्धालु भक्तजन समूहमा सार्वजनिक रूपमै यसलाई मनाउने गर्छन्। छठ पर्वमा महिलाको प्रधानता रहन्छ। पुरुषको भने सहयोगी भूमिका हुन्छ। महिला पति र परिवारको कल्याणका लागि ब्रत बस्छन्। विभिन्न समस्या, रोगहरूबाट निदानको संकल्प गरी यस पर्वको धारण गर्छिन्। वेदका अनुसार उषालाई नै छठ परमेश्वरी भन्ने गरिन्छ। यसरी छठ पर्व मनाउने बारेमा आआफ्नो विश्वास छ। तर पनि कार्तिक षष्ठीको सूर्य आराधना गरेपछि धनधान्य, सौभाग्य तथा निरोगिता र सुस्वास्थ्य प्राप्त भन्ने मान्यता छ।

विश्वास प्रचलित छ– कार्तिक षष्ठीको व्रत श्रद्वा र पवित्रतापूर्वक मनाउने भएपछि मनोवाञ्छित फल प्राप्त गर्छन्। छठी पर्व मनाउनेका लागि पवित्रता, शुद्धता, श्रद्धा, समर्पण र सतर्कताको आवश्यकता पर्छ। छठ पर्व चार दिनसम्म मनाइन्छ। छठको पूजाको समय विधि तथा रमझम आफैंमा एउटा आनन्दकारी प्रसंग जस्तो लाग्दछ। छठ व्रत बस्नेहरू कार्तिक महिनासम्म मांसाहारी र तामसी भोजनबाट टाढा रहन्छन्। कार्तिक शुक्लपक्षको चौथी अर्थात् छठव्रतका पहिलो दिन ‘अरब अरबाइन’वा ‘नहानखान’ भन्छन्। यो दिनव्रतीले नुहाइधुवाइगरी शुद्ध शाकाहारी भोजन खान्छन्। पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ अर्थात् पापकाक्षय भनिन्छ। यस दिनव्रतीले दिनभरी निर्जलाव्रत बस्छन् र राति चन्द्रोदयपछि खीर र फल–पूmल छठीमाताको नैवेद्य चढाई सोही प्रसाद ग्रहण गर्दछन्।

षष्ठीको दिन अर्थात् तेस्रो दिन विभिन्न मीठो प्रकार (ठेकुआ, खजुरी, पुरी, कसार) पकाएर विभिन्न फल नरिवल, मूला, गाँजर, बेसारको गाँठो, सुन्तला, केरा स्याउ, सुपारी, अदुवा र पानको अर्घ कुनै तलाउ वा नदी, पोखरीमा गएर अस्ताञ्चल सूर्यलाई चढाइन्छ। अपराह्नदेखि पूर्ण उपवासमा बसेका व्रतालुहरू नुहाएर नयाँ लुगा लगाउँछन्। त्यसपछि परिवारका सदस्यसँग मिलेर कोसिया, कनसुपती, बाँसको दाउरामा बनेका पूजा सामग्री हालिएका परिकारलाई लिएर घाटमा जान्छन्। अस्ताञ्चलगामी सूर्यलाई अर्पण गरेर मनोकामना पूर्णताका लागि प्रार्थना गरिन्छ। चौथो दिन, सप्तमीको दिनलाई ‘पारन’ भनिन्छ। यस दिन प्रातःकालीन सूर्यलाई पुनः पूजा सामग्री लिएर अर्घ दिइन्छ। 

आफूले नसके व्रत बस्नेलाई सबै सामग्री दिई व्रत गराउने परम्परा छ। आर्थिक वा भौतिक रूपले विसंगत बनेको समाजमा यस पर्वले अत्यन्त महŒवपूर्ण सन्देश दिन्छ। मानिस विभिन्न धर्म, जाति, समुदाय आदिमा बाँडिँदै गएको छ। यस्तो अवस्थामा छठ व्रत दिव्यशक्ति एवं प्रकृति पूजाका रूपमा मनाउनेमा कुनै किसिमको जातीय बन्धन छैन। जसको मनोकामना पूर्ण हुन्छ, त्यसैले यो पर्व श्रद्धापूर्वक मनाउँछन्। तराईको कतिपय क्षेत्रका मुस्लिम धर्म मान्नेहरूले पनि छठ मनाउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.