दलाई लामाले भने- 'ताइवानभन्दा भारत नै रोज्छु'

दलाई लामाले भने- 'ताइवानभन्दा भारत नै रोज्छु'

नयाँ दिल्ली : तीब्बतका आध्यात्मिक नेता दलाई लामाले ताइवानभन्दा भारत रोज्ने बताएका छन् । ताइवान भ्रमणबाट फर्किएपछि बुधबार भारतीय सञ्चारमाध्यमसँग बोल्दै लामाले बस्नको लागि ताइवानभन्दा भारत रोज्ने बताएका हुन् । 

ताइवान भ्रमणबारे भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका छन्, ‘चीन र ताइवानको अवस्था निकै नाजुक भएकाले बस्नको लागि म भारत नै रोज्छु ।’ 

स्वतन्त्र ताइवानलाई चीनले क्षेत्र भएको दाबी गर्दै आएको छ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा पटकपटक हमला गर्दै आएको भन्दै ताइवानले आपत्ती जनाउँदै आएको छ । चीनको सो गतिविधिका कारण चीन र ताइवानको सम्बन्धमा दरार उत्पन्न भएको छ । 

रोयटर्सका अनुसार दलाई लामाले तत्काल चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेट्ने कुनै योजना नबनाएको बताएका छन् । तिब्बतबाट निकाला गरिएका आध्यात्मिक नेता लामा सन् १९५९ देखि भारतको शरणमा बस्दै आएका छन् । 

उनले भारतबाटै तीब्बतको स्वतन्त्रता, संस्कृती र धर्मको संरक्षणका लागि पटकपटक चीनसँग आह्वान गर्दै आएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.