कांग्रेसले आर्थिक क्रान्तिको मुद्दा उठाउनुपर्छ : नेता सिंह

कांग्रेसले आर्थिक क्रान्तिको मुद्दा उठाउनुपर्छ : नेता सिंह

गुलरिया : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहको जनआन्दोलनबाट प्राप्त उपलब्धि र अधिकार जगेर्ना गर्न आर्थिक क्रान्तिको आवश्यकता रहेको बताएका छन्।  सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बर्दियाको गुलरियामा कांग्रेसद्वारा आयोजित शालिक अनावरण तथा बृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीले आर्थिक क्रान्तिको आवश्यकतालाई मनन‍् गर्नुपर्ने बताएका हुन्। उनले यसका लागि कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

स्वर्गीय सिंहको त्याग र बलिदानी स्मरण गर्दै पार्टीलाई संस्थागत गरी अगाडि बढाउन सशक्त र जुझारु नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । पार्टीले पटक–पटक महाधिवेशनको मिति सार्नुले कांग्रेसको गरिमा माथि नै आँच पुगेको उनले बताए। उनले भने,'तोकिएको समयमा अधिवेशन नहुँदा नेपाली कांग्रेस पार्टीले बोलेको काम पूरा गर्छ भन्ने जनतामा रहेको छाप मेटाउने काम भइरहेको छ।' 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेता सिंहले पार्टीमा काम नगर्ने तत्वहरुलाई पाखा लगाउन सुझाव दिए ।संविधानभन्दामाथि रहेर काम गर्न खोज्दा बहुमतको कम्युनिस्ट सरकार ढलेको बताउँदै ट्रयाकबाट बाहिरिन लागेको संविधान जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको नेता सिंहले दाबी गरे।

न्यायालयलाई स्वतन्त्र बनाउँदै न्यायालयको विवाद सुल्झाउनु गठबन्धन सरकारको प्रमुख जिम्मेवारी रहेको जिकिर गरे । अदालतमा भइरहेको विवादका कारण सेवाग्राहीले न्यायालयबाट सेवा पाउन ढिलासुस्ती भइरहेको भन्दै सिंहले न्यायपालिकालाई वेथितीमा जानबाट रोक्न सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको औल्याए । उनले भने,' देशमा शालिकहरु निर्माण हुने तर संरक्षण नहुने भन्दै चिन्ता व्यक्त गरे। उनले स्व. सिंहको शालिक संरक्षण गर्न बर्दियावासीलाई आग्रह समेत गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.