भारतमा नेपाली कलाकारको सामूहिक कला प्रदर्शनी

भारतमा नेपाली कलाकारको सामूहिक कला प्रदर्शनी

लखनउ : नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको चारदिने प्रदर्शनी सुरु भएको छ । मंगलबारदेखि भारतको लखनउ अलिगञ्जस्थित कला स्रोत आर्ट ग्यालरीमा आठजना नेपाली कलाकारको कला प्रदर्शनी सुरु भएको हो ।

‘माउण्टेन स्याडो’ शीर्षकमा भएको उक्त प्रदर्शनीको भारतका प्रसिद्ध कलाकार प्रा.जयकृष्ण अग्रवालले उद्घाटन गरेका हुन्। उनले नेपाल भारतको सम्बन्धलाई कला र संस्कृतिले जोडेको भन्दै नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक सांस्कृतिक विषय रहेको औंल्याए। 

प्रा.अग्रवालले प्रदर्शनीमा राखिएका कलाकृतिले नेपालको सांस्कृतिक पहिचान तथा प्रकृतिलाई चिनाउन मद्दत गरेको धारणा राखे । नेपालबाट कलाकार केशव राज खनालको उक्त प्रदर्शनीको संयोजन गरेका थिए । खनालले नेपाल भारतबीचको सम्बन्धलाई कला र कलाकारले जोडेको बताए । 

उनले कोरोना कहरपछि नेपाली कलाकारको पहिलोपटक भारतमा सामूहिक कला प्रदर्शनी भएको जनाए । उनले भने, ‘कोरोना कहरपछि सुस्ताएको नेपालको पर्यटनलाई यो कला प्रदर्शनीले सहयोग गर्ने आशा राखेका छौं ।’

करिब चार दर्जन कलाकृति राखिएको उक्त प्रदर्शनीमा प्रदर्शनीमा नेपालका कलाकार केशव राज खनाल, देवेन्द्र थुम्केली, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, रवीन्द्र मानन्धर, रवी मिश्र, मनोज तामाङ योञ्जन र रिक गुरुङका कलाकृति रहेका छन् । 

आर्ट क्युरेटर रवी सोनीले प्रदर्शनीमा राखिएका नेपालका दृश्यचित्रले कलामा यसको महत्व र आवश्यकता अझै विशिष्ट रहेको बताए । उनले भने, ‘कला सिक्ने विद्यार्थीका लागि समेत यो प्रदर्शनी निकै प्रेरणादायी रहनेछ। '

प्रदर्शनीको भारततर्फ संयोजन गरेका भारतीय कलाकार अमित कुमारले नेपाल र भारतका कलाकारलाई प्रदर्शनीले नजिक ल्याउन सफल भएको धारणा राखे । उनले नेपाल र भारतबीच कलामार्फत सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा दुई देशका कलाकारबीच कला कार्यशाला तथा बहस गर्नुपर्ने बताए । 

कला स्रोत आर्ट ग्यालरीका डाइरेक्टर मानुषी डीडवानियाले नेपालको प्राकृतिक सौन्दर्य र संस्कृति झक्लिने कलाकृतिले सम्बन्धलाई मजबुत बनाउन सकेको बताइन् । उनले भनिन्,‘कला र कलाकारमार्फत दुई देशबीच रहेको कलालाई बुझ्न सघाउ पुगेको छ।’ प्रदर्शनीमा नेपालको विभिन्न संस्कृति झल्काउने कलाकृति राखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.