ट्वीटर मत सर्वेक्षणपछि एलन मस्कले बेचे १.१ अर्बको शेयर
क्यालिफोर्निया : ट्वीटरमा प्राप्त मत सर्वेक्षणको नतिजापछि टेस्लाका सीईओ एलन मस्कले आफ्नो हिस्साको १.१ अर्ब डलर शेयर बिक्री गरेका छन्। यसै साता उनले गरेको मत सर्वेक्षणमा आफ्नो हिस्साको १० प्रतिशत शेयर बिक्री गर्न अधिकांशले सुझाव दिएका थिए।
तर बुधबार पेश गरिएको कागजातअनुसार सो सर्वेणकै कारण बिक्री नगरेको देखिएको बताइएको छ। उनले सेप्टम्बर १४ देखि नै शेयर बेच्ने प्रक्रिया अघि बढाएको देखिएको जनाइएको छ।
संसारकै सबभन्दा धनी व्यक्ति मस्कले ९ लाख ३० हजार कित्ता शेयर सोमबार बिक्री गरेको बताइएको छ।