चीनमा ११६ वर्षयताकै उच्च हिमपात

चीनमा ११६ वर्षयताकै उच्च हिमपात

सेनयाङ : उत्तरपूर्वी चीनमा ११६ वर्षयताकै उच्च हिमपात भएको छ। उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा ११६ वर्षको रेकर्ड तोड्ने गरी उच्च हिमपात भएको हो। 

सन् १९०५ पछि पहिलोपटक सो क्षेत्रमा उच्च हिमपात भएको स्थानीय मिडिया सिह्न्वाले बताएको छ। गत आइतबारदेखि हिमपात सुरु भएको थियो। सो क्षेत्रमा औसतभन्दा २० इन्च बढी हिउँ जमेको बताइएको छ। 

भारी हिमपातपछि रेल, हवाई र अन्य सवारी साधन बन्द भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। छिमेकी मंगोलियामा भारी हिमपातपछिको हिम आँधीका कारण १ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सयभन्दा बढी मानिस विस्थापित भएका छन्। 

यसवर्ष हिउँद सुरु हुनुअगावै एक्कासी भारी हिमपात भएको त्यहाँका मौसमविद्ले बताएका छन्। भारी हिमपातपछि चिसो हावा चल्ने भन्दै मंगोलिया र उत्तरपुर्वी चीनका करिब २७ क्षेत्रलाई रातो सुचीमा राखिएको छ। हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै स्थानीय सरकारले सबैलाई न्यानो भएर बस्न र खाद्यान्न सञ्चित गर्न सुचना जारी गरेको छ। 

यसअघि गएको सेप्टेम्बरमा उत्तरपुर्वी चीनमा विद्युत आपुर्ती अभाव हुँदा त्यहाँका मानिसको जनजीवन कष्टकर बनेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.