सी–बाइडेनबीच भर्चुअल संवाद हुँदै, यस्ता एजेन्डा
वासिङटन : ताइवानको विषयलाई लिएर तिक्तता बढिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भर्चुअल वार्ता हुने भएको छ।
अमेरिकी र चिनियाँ राष्ट्रपतिहरुको वार्ता आगामी सोमबारलाई तय भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ। दुई राष्ट्रपतिबीचको छलफलले विद्यमान तनाव कम गर्ने विश्वास गरिएको छ।
पछिल्लो पटक ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव चुलिएको छ। छलफलमा साझा मुद्दामा मिलेर काम गर्ने विषयमा छलफल हुनेछ। दुई नेताहरुबीच जलवायु परिवर्तन, आणविक हतियार, चिनियाँ सैन्य प्रविधि, कोभिड १९ लगायतका विषयमा छलफ हुने अलजजिराले जनाएको छ।