गल्याङ्मामा सुविधा सम्पन्न सभागृह
स्याङ्जा : गल्याङ् नगरपालिकामा ३ बजारमा सुविधा सम्पन्न सभागृह निर्माण गरिएको छ। सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले तीन सय जना अटाउने क्षमताको हल निर्माण गरी हस्तान्तरण गरेको हो।
तीन करोड ६६ लाख ३५ हजारको लागतमा निर्मित भवन निर्माण आयोजनाले गल्याङ् नगरपालिकालाई हस्तान्तरण गरेको छ। आयोजना प्रमुख इन्जिनियर झपटबहादुर थापाले बिहीवार नगर प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गरेका हुन्।
तोकिएको समयमै भवन ग्रहण गर्न पाएकोमा खुशी व्यक्त गर्दे नगरपालिकाभित्र निर्मित सभा गृह सबैका लागि उपयोगमा ल्याईने बताए। उनले भने, ‘विकास निर्माणमा स्थायी सरकारको रुपमा रहेको कर्मचारीका महत्वपूर्ण भूमिका रहन्छ।’
गल्याङ्काे केन्द्र भागमा सभा गृह बनेपछि यहाँका सरकारी, गैरसरकारी तथा संघ संस्था लगायतका बिबिध सामुहिक कार्यक्रम तथा कार्य गर्न सहज हुनेछ।