कांग्रेस वडा अधिवेशन : आरजुको वडामा चुनाव

कांग्रेस वडा अधिवेशन : आरजुको वडामा चुनाव

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा वडा सभापति र क्षेत्रीय प्रतिनिधिको चुनाव भएको छ। वडा सभापतिमा दुई जनाको उमेदवारी परेपछि र १० जना क्षेत्रीय प्रतितिधिका लागि २५ जनाको उमेदवारी परेपछि चुनाव भएको हो।

वडा नम्बर ४, पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको वडा हो। गत चुनावको बेलामा आरजुले स्थानीय ब्यवसायीको घर किनेकी थिइन्। आरजु धनगढी आएको बेलामा आफ्नै घरमा बस्छिन्। उनले आफ्नै घरमा सुदूरपश्चिमको मौलिक पर्व गौरा पनि मनाउने गर्छिन्।

वडा नम्बर ४ मा ४ जना वडा सभापतिका आकांक्षी थिए। त्यसमध्ये दुई जनाले उमेदवारी नदिन सहमत भएपछि अनन्तराज जोशी र सन्तोष रावलले भने उमेदवारी दिएका छन्। उपसभापति (२ जना) मा भोजराज भट्ट र सुन्दरराज शर्मा निर्विरोध निर्वाचित भएका छन्। सचिव (२ जना) मा तीन जनाको उमेदवारी परेको छ। खेम मीश्र, गौरवराज पाण्डे र कृष्ण पनेरुले उमेदवारी दिएपछि चुनाव हुने भएको हो। 

सहसचिव (२जना) मा पाँच जनाको उमेदवारी परेको छ। धमदेव जोशी, रोसन सिंह, हेमबहादुर बोहरा र तेज कुँवरको उमेदवारी परेको छ। 
क्षेत्रीय प्रतिनिधि (महिला) मा पनि द्रोपती भट्ट (मेघा), सावित्री कार्की र सीतादेवी भण्डारी सर्वसम्मत भएका छन्। क्षेत्रीय प्रतिनिधि खस आर्यमा पनि दुई जना हुनुपर्नेमा प्रकाश देउवा, नवराज रेग्मी र जगन्नाथ जोशीको उमेदवारी परेपछि चुनाव भएको छ।

पुरुषतर्फका १० जना क्षेत्रीय प्रतिनिधिका लागि लोकबहादुर खड्का (रवी), हरीप्साद रेग्मी, भीमबहादुर बलायर, ईन्द्रमणी अवस्थी, खगराज भण्डारी, पुस्करनाथ ओझा, बुद्धीबहादुर खडका, विष्णुबहादुर कुँवर, खडकसिंह ऐर (कुवेर), सुरेन्द्र बमको उमेदवारी परेको छ।

यस्तै तिलकबहाददुर बोहरा, गणेश भण्डारी, पुस्करराज अवस्थी, ओमप्रकाश पन्त, दामोदर कठायत, नविन जोशी, गुणाकर भट्ट, गितराज भण्डारी, धर्मराज रेग्मी, मीन पाण्डेय, ख्यामबहादुर खत्री, तर्कराज भट्ट, मनिस कुँवर र नरेन्द्रप्रसाद चटौत गरी २४ जनाले पुरुषतर्फ क्षेत्रीय प्रतिनिधिको उमेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.