आफ्नै जिब्रोले कान सफा गर्ने जनावर !
विशिष्ट शारीरिक संरचना भएको जिराफ पृथ्वीको सबैभन्दा अग्लो जनावर हो। यो शाकाहारी जीवको जिब्रो २० इन्चसम्म लामो हुन्छ। तान्जानियाको राष्ट्रिय पशु जिराफका बारेमा केही रोचक तथ्य :
– संसारमा ९ प्रजातिका जिराफ पाइन्छन्। जुन आफ्नो आकार, रंग तथा वासस्थान अनुसार भिन्न–भिन्न हुन्छन्।
– जिराफ २५ वर्षसम्म बाँच्न सक्छ।
– यो जनावर सुन्दर तथा लजालु स्वभावको हुन्छ।
– जिराफ ऊँट जस्तै धेरै समय पानी नपिइकन बस्न सक्छ।
– जिराफले एकैपटकमा ४५ लिटरसम्म पानी पिउन सक्छ। त्यसपछि हप्तौंसम्म उसलाई पानी चाहिँदैन।
– जिराफ सामाजिक प्राणी हो। यिनीहरूको एउटा झुन्डमा १५ देखि २० सदस्य हुन्छन्।
– जिराफ ८ सयदेखि १२ सय किलोग्रामसम्मका हुन्छन्।
– जिराफहरू दिनमा १० मिनेटदेखि २ घन्टाभन्दा बढी सुत्दैनन्। यिनीहरू उभिएरै निदाउँछन्।
– जिराफको गर्भकाल लगभग १५ महिनाको हुन्छ।
– जिराफले एकपटकमा एउटा मात्र बच्चा जन्माउँछ।
– जन्मँदै लगभग ६ फिटको जिराफको बच्चा ४५ देखि ६८ किलोग्रामसम्मको हुन्छ।
– एउटा वस्यक जिराफको पुच्छर ८ फिटसम्म लामो हुन्छ।
– जिराफको जिब्रो २० इन्चसम्म लामो हुन्छ। जसको सहायताबाट उसले आफ्नो कान सफा गर्न सक्छ।
– यसको जिब्रो कालो रंगको हुन्छ।
– जिराफको रक्तचाप मानिसको भन्दा दुईगुणा बढी हुन्छ।
– मानिसको जस्तै यसका पनि ३२ वटा दाँत हुन्छन्।
– करिब १२ इन्चको यसको खुर धेरै बलियो र तीखो हुन्छ। जसको प्रहारबाट बाघ पनि एकैपटकमा मर्छ।
– यो जनावर ३५ माइल प्रतिघन्टाको गतिमा दौड्न सक्छ।
– प्रत्येक वर्ष जुन २१ मा विश्व जिराफ दिवस मनाइन्छ।
– जिराफहरूले पनि आपसमा शारीरिक सम्बन्ध राखेको पाइएको छ। यस्तो सम्बन्ध भाले जिराफमा बढी देखिएको विभिन्न अध्ययनमा भनिएको छ ।
– यसको औसत उचाइ १५ देखि १८ फिटसम्म हुन्छ।
– जिराफले एकपटकमा ३४ किलोग्रामभन्दा बढी खानेकुरा खान सक्छ।
– जिराफको पछाडिकोभन्दा अगाडिको खुट्टा ठूलो हुन्छ।
– यिनीहरूको शरीरमा खैरो रंगका धब्बाहरू हुन्छन्। जसले जिराफ सुन्दर देखिन्छ।
– एउटा जिराफको शरीरमा भएको धब्बा अर्को जिराफसँग मिल्दैन।
– जिराफको गर्धन ५ फिटदेखि ६ फिटभन्दा लामो हुन्छ।
(विभिन्न एजेन्सीको सहयोगमा)