प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै विरोध प्रदर्शन

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै विरोध प्रदर्शन

स्याङ्जा : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आइतबारदेखि स्याङ्जा जिल्ला अदालत बार एशोसियनले विरोध प्रदर्शन गरेको छ। जिल्ला अदालत स्याङ्जा परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्।

न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको स्याङ्जा बारका पूर्वअध्यक्ष एवं केन्द्रीय पार्षद तुलसी गिरीले जानकारी दिए। उनले भने, ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ।’ 

कार्यक्रममा केन्द्रीय एवं पूर्व अध्यक्ष युगनारायण श्रेष्ठ, पूर्व अध्यक्ष रामेश्वर रेग्मी, अध्यक्ष ख्यामनारायण लामिछाने, सचिव पारशमणी पाण्डे लगायतले प्रधान न्यायाधीश विरुद्ध न्यायलय मात्र नभई सिंगो मुलुक आन्दोलनमा उत्रेको जनाउँदै तत्काल राजीनामा दिन आग्रह गरे।

स्याङ्जा बारले आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना, १२ बजेदेखि १ बजेसम्म बेन्च बहिस्कार गरेको छ। प्रधानन्यायधीशले निकास नदिएमा भोली र पर्सी पनि चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गरिने स्याङ्जा बारले जनाएको छ। 

बारको विरोध कार्यक्रमले अदालतमा आउने सेवाग्राही प्रभावित भएका छन्। 


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.