एमालेले टुंग्यायो २४ जना महाधिवेशन प्रतिनिधि
स्याङ्जा : नेकपा एमाले स्याङ्जाले १० औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सहभागी हुने प्रतिनिधि छनौटको काम सम्पन्न गरेको छ। जिल्लामा सहमतिका आधारमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम टुंग्याइएको एमालेले जनाएको छ।
स्याङ्जा क्षेत्र नं १ बाट सिफारिस हुनेमा नारायणप्रसाद मरासिनी, मिनप्रसाद गुरुङ, सुधिरकुमार पौडेल, विश्व पौडेल, दिपक लम्साल, इश्लाम मिया, सन्तोष के.सी., सीमा क्षेत्री, देवी थापा क्षेत्री र तारा शर्मा रहेका छन्।
यसैगरी स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस हुनेमा सूर्यप्रसाद गैह्रे (पारस), मोहन रेग्मी, मुक्तिप्रसाद पाठक, खिमबहादुर थापा, किशोरविक्रम मल्ल, उदयराज श्रेष्ठ, भूपराज अधिकारी, देवीसरा थापा, सरस्वतीदेवी भट्टराई र खगिसरा थापा हुन्।
यस्तै, उत्पिडिततर्फका मेघबहादुर सार्की, टेकु नेपाली, धनमाया वि.क. र दिपक वि.क चयन भएको नेकपा एमाले स्याङ्जाले जनाएको छ। निर्वाचन समितिका अनुसार स्याङ्जाका दुबै क्षेत्रबाट गरी ८९ जनाको उम्मेदवारी परेको थियो। ती मध्ये खुलातर्फ १४ जना, महिलातर्फ ६ जना र उत्पीडिततर्फ ४ जनागरी २४ जना छनौट गरिएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिए।