कियारा जब ५० हजारको टिसर्ट पहिरिएर विमानस्थल पुगिन्...
मुम्बई: बलिउड अभिनेत्री कियारा आडवाणी विभिन्न कारणले चर्चामा रहने गर्छिन्। उनी अभिनित शेरशाह सुपरहिट भएपछि इन्टरनेटमा उनलाई खोज्ने जमात पनि धेरै छ।
यसैबीच उनी ५२ हजारको टिसर्ट पहिरिएका कारण चर्चामा छिन्। हालै मुम्बई विमानस्थल भेटिँदा उनले ५२ हजारको टिसर्ट पहिरिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।
उनले गुस्सी ब्रान्डका टिसर्ट पहिरिएकी थिइन्। जसको बजार मूल्य ५२ हजार भारतीय रुपैयाँ रहेको सञ्चारमाध्यहरुले उल्लेख गरेका छन्। समाचार अनुसार शेरशाहमा सँगै अभिनय गरेका सिद्धार्थसँग उनी 'डेट' गरिरहेकी बताइन्छ।
प्रतिक्रिया दिनुहोस !
५