ट्रम्पले वासिङटन होटेल बेच्दै

ट्रम्पले वासिङटन होटेल बेच्दै

न्युयोर्क : दी ट्रम्प अर्गनाइजेसनले आफ्नो वासिङटन होटेल बेच्ने भएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा होटेलले लाखौं डलर गुमाएपछि अर्गनाइजेसनले करिब ३७५ मिलियन अमेरिकी डलर लिजमा सिजिआइ मर्चेन्ट ग्रुपलाई बेच्ने भएको हो । 

अमेरिकी मिडियामा प्रकाशित रिपोर्टअनुसार गत महिना अमेरिकी कंग्रेसको छानविन टोलीले पूर्वराष्ट्रपति ट्रम्पको चुनावी अभियानमा सो होटेलले ७० मिलियन डलरभन्दा बढि रकम गुमाएको पुष्टि गरेको थियो ।

ठूलो घाटा बेहोरेपछि अर्गनाइजेसनले होटेल बेच्ने निर्णय र सम्झौता गरेको हो । दी ट्रम्प इन्टरनेसनल होटेल नाम राखिएको सो होटेलको नयाँ नाम वाल्डोर्फ एस्टोरिया राखिने र सो होटेल हिल्टोन ग्रुपले व्यवस्थापनको जिम्मा लिने रिपोर्टमा उल्लेख छ । 

पुर्व राष्ट्रपति ट्रम्पको कम्पनीलेसन् २०१६ सेप्टेम्बरदेखि सो होटेल सर्वसाधारण लागि खुला गरेको थियो । करिब १२० वर्ष पुरानो सो भवन अमेरिकी राष्ट्रपतिको कार्यालयदेखि १ माइल दुरीमा अवस्थित छ । 

वाल स्ट्रिट र ब्लुमवर्गलाई उद्धृत गर्दै बीबीसीमा उल्लेख भएअनुसार ट्रम्प अर्गनाइजेसनले सन् २०१२ मा ऐतिहासिक पुरानो पोष्ट अफिसको कार्यालय किनेको थियो । प्रवलीकरणपछि होटल ४ वर्षपछि सञ्चालनमा आएको थियो भने सो होटेल ६० वर्षसम्म सञ्चालन गर्ने गरि डिजाइन र सम्झौता भएको थियो।

होटेल सञ्चालनमा आएकै वर्ष डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा उम्मेद्धारी पाएका थिए । ट्रम्पको चुनावी अभियानको समयमा सो होटलले निकै चर्चा कमाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.