रातोढुङ्गा सबस्टेशन अधुरै

रातोढुङ्गा सबस्टेशन अधुरै

बेनी : म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुङ्गामा निर्माणाधिन सबस्टेशन अलपत्र परेको छ। तीन वर्ष अघिनै सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सबस्टेशन अझै पुरा नभएको हो। 

सबस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार र विद्युत आपुर्ति प्रभावित भएको रनबाङका जिवन कार्कीले बताए।  

८५ प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुङ्गा जोड्ने प्रशारण लाइनको पोल गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले जानकारी दिए। 

‘सबस्टेशनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ। ६०० वटा मध्य तीन ठाउँमा करिब ८० वटा पोल गाड्न र तार तान्न बाँकी छ,’ उनले भने, ‘बाँकी पोल गाड्न र तार तान्न नपाउँदा आयोजनाले पुर्णता पाउन सकेको छैन।’ पोल पर्ने जग्गाका धनी र बन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका-४ मोहनचोकदेखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइन निर्माण एक वर्षदेखि रोकिएको ढकालले बताए। गाउँपालिका र स्थानीय प्रशासनमार्फत गरिएको पहल सफल नभएको बताउँदै तिहार लगत्तै पुन छलफलका लागि आउने बताए। 

नेपाल विद्युत प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले आठ करोडमा सन २०१६ मा ठेक्का लिएको सबस्टेशन प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो। सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो। 

सबस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो। सबस्टेशन वरपरका जग्गाधनीले बाटो बनाउन, घेराबार पर्खाल लगाउन र प्रशारण लाइनको तार तान्न अवरोध गरेको ठेकेदारले बताएका छन्। बर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ। 

नेपाल विद्युत प्राधिकरणअन्तरर्गतको सम्वद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरवाहीका कारण अहिलेसम्म पुरा नभएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। ‘जग्गाधनी र बनलाई देखाएर उहाँहरुले काम रोक्नुभएको छ,’ उनले भने, ‘सहजिकरण गरेर रोकिएको काम अघि बढाउन खोज्दा आयोजना र निर्माण व्यवसायी सम्पर्कमा आउनुभएन्।’

एक वर्षपछि गत पुष महिनामा काम फर्किएका आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुरहरु वैशाखमा निषेधाज्ञा भएपछि सम्पर्क विहिन बनेका रातोढुङ्गाकी तारादेबी रोकाले बताए। उनले निर्माण व्यवसायीले स्थानीय होटलमा खाजा, खाना खाएको रकमसमेत नतिरी भागेका गुनासो गरिन्। 

हालसम्म पोल गाड्ने, दुई वटा भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन्। पोल गाडिएको ठाउँमा तारसमेत तानेका छन्। कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन्।  

सबस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रीय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए। 

‘हाल मिलनचोक सबस्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउँदा समस्या भएको छ,’ उनले भने, ‘२० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.