कोरोनाले तीन हिमचितुवाको मृत्यु

कोरोनाले तीन हिमचितुवाको मृत्यु

नेब्रास्का : कोभिड १९ का कारण रानी, एभरेष्ट र मकालु नामक तीनवटा हिम चितुवाको मृत्यु भएको छ। अमेरिकी राज्य नेब्रास्कास्थित चिडियाखानाका ती हिम चितुवाको मृत्यु भएको हो। 

नेब्रास्कास्थित लिङकन चिल्ड्रेन चिडियाखानमा राखिएका तीनवटा हिम चितुवाको कोभिड १९ का कारण शुक्रबार मृत्यु भएको चिडियाखानाका अधिकारीहरुले बताएका छन्। 

अधिकारीहरुका अनुसार गत महिना कोभिड १९ संक्रमण देखिएका ती हिम चितुवाको उपचार भइरहेको थियो। चिडियाखानामा निकै लोकप्रिय र रमाइला ती हिम चितुवाको मृत्युले आफुहरु निकै दुखी भएको चिडियाखानाद्वारा सामाजिक सञ्जालमार्फत जारी सुचनामा भनिएको छ। 

चिडियाखानामा मानवबाट जनावरमा कोरोना भाइरस सर्न नदिन कोभिड १९ मापदण्ड अपनाइएको र हिम चितुवाको मृत्युपछि सो चिडियाखाना सर्वसाधारणको लागि खुला राखिएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.